काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले कोरोना भाइरसको महामारीले सिंगो मुलुक आक्रान्त भएका बेला अध्यक्ष राम अवालेले साधारणसभा बोलाएर ‘जग हसाइँ’ गरेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव भट्टाचार्यले संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयविपरीत र राष्ट्रिय खेलकुद परिषद्को पूर्व स्वीकृति बिना अध्यक्ष राम अवाले र उनी निकटका केही व्यक्तिको इच्छा र इसारामा साधारणसभा आह्वान गरिएको बताएका छन् ।
‘अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ । कोरोना भाइरस निन्त्रणका लागि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा पनि लगाउँदै आएको छ । यस्तो विकराल अवस्थामा पनि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले साधारणसभा बोलाएर जग हसाइँको काम गरेका थिए’,महासचिव भट्टाचार्यले विज्ञप्तिमा भनेका छन्, ‘साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट तोकिएको थिएन र राष्ट्रिय खेलकुद परिषद्बाट पनि पूर्व स्वीकृति लिएको थिएन ।’ उनले अध्यक्ष राम अवाले र उनी निकटका केही व्यक्तिको इच्छा र इसारामा साधारणसभा आह्वान गरिएको दाबी गरे ।
महासचिव भट्टाचार्यले कोरम नै नपुगेको बैठकको हवला दिएर आह्वान गरिएको साधारणसभा रोक्न निर्देशन दिएर राष्ट्रिय खेलकुद परिषद्ले स्वागतोग्य काम गरेको पनि बताए । उनले नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल २०७७ जेठ २१ नै समाप्त भइसकेको र चार वर्षको अवधिमा संघले एउटा पनि साधारणसभा गर्न नसकेको जनाउँदै संघको विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान रहँदारहँदै पनि अध्यक्ष अवालेले साधारणसभा गर्न कुनै इच्छा नदेखाएको भन्दै चार वर्षे कार्यकाल सकिएपछि साधारणसभा बोलाउनुको औचित्य के हो ? भन्दै प्रश्न गरेका छन् । ‘समय छउञ्जेलसम्म विधानले बाध्यकारी गरेको वार्षिक साधारणसभा नगर्ने अनि कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि अधिवेशन ?’, भन्दै उनले प्रश्न गरेका छन् ।
उनले संघले अहिलेसम्म गरेका आर्थिक हिसावकिताव र खर्च पनि अवैध र गैरकानुनी रहेको दाबी गरे । अहिलेसम्म भएका खर्च अध्यक्ष र कार्यबहाक कोषाध्यक्षको मनोमानीमा हुँदै आएको बताउँदै निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै कार्यबहाक कोषाध्यक्ष खडा गरेर आर्थिक अनियमितता गर्ने अभिप्रायबाट नेतृत्व सञ्चालन भइरहेको दोष लगाए । उनले अहिले पनि धेरै जिल्ला संघहरुमा विवादमै रहेकाले आफू अनुकुलको नेतृत्व आएमा स्वागत गर्ने र आफू अनुकुल नभएमा मान्यता नै नदिने प्रपञ्च संघको नेतृत्वले गरिरहेको बताए ।
भट्टाचार्यले जारी गरेको विज्ञप्ति
मिति : २०७८-०२-१३
प्रेस विज्ञप्ति
सर्वप्रथम नेपाल बक्सिङ संघले आगामी जेठ २० गते बोलाएको वार्षिक साधारणसभा स्थगन गर्न राष्ट्रिय खेलकुद परिषद्ले दिएको निर्देशनको हार्दिक स्वागत गर्दछु । अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ । कोरोना भाइरस निन्त्रणका लागि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा पनि लगाउँदै आएको छ । यस्तो विकराल अवस्थामा पनि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले साधारणसभा बोलाएर जग हसाइँको काम गरेका थिए । साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट तोकिएको थिएन र राष्ट्रिय खेलकुद परिषद्बाट पनि पूर्व स्वीकृति लिएको थिएन । अध्यक्ष राम अवाले र उनी निकटका केही व्यक्तिको इच्छा र इसारामा साधारणसभा आह्वान गरिएको थियो । साधारणसभा सम्बन्धी राष्ट्रिय दैनिक पत्रिकामा छपाइएको २१ दिने सूचनामा २०७७÷१२÷२७ को संघको निर्णय उल्लेख गरिएको छ । संघको सो बैठकमा बहुमत सदस्य नै उपस्थित थिएनन् । कोरम नै नपुगेको बैठकको हवला दिएर आह्वान गरिएको साधारणसभा रोक्न निर्देशन दिएर परिषद्ले स्वागतोग्य काम गरेको छ ।
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल २०७७ जेठ २१ नै समाप्त भइसकेको छ । चार वर्षको अवधिमा संघले एउटा पनि साधारणसभा गर्न सकेन । संघको विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान रहँदारहँदै पनि अध्यक्ष अवालेले साधारणसभा गर्न कुनै इच्छा देखाएनन् । चार वर्षे कार्यकाल सकिएपछि अहिले साधारणसभा बोलाउनुको औचित्य के हो ? कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि अधिवेशन ? यसको चित्तबुझ्दो जवाफ नेतृत्वले दिनुपर्ने छ ।
संघले अहिलेसम्म गरेका आर्थिक हिसावकिताव र खर्च पनि अवैध र गैरकानुनी छ । अहिलेसम्म जेजति खर्च भएको छ, ती सबै अध्यक्ष र कार्यबहाक कोषाध्यक्षको मनोमानीमा हुँदै आएको छ । निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै कार्यबहाक कोषाध्यक्ष खडा गरेर आर्थिक अनियमितता गर्ने अभिप्रायबाट नेतृत्व सञ्चालन भइरहेको देखिएको छ । संघको वार्षिक साधारणसभा नहुँदा अध्यक्ष, महासचिव, कोषाध्यक्ष कसैको पनि प्रतिवेदन तयार हुन सकेको छैन । संस्थालाई जीवन्त राख्न अध्यक्ष र महासचिवको भन्दा पनि कोषाध्यक्षको प्रतिवेदन महत्वपूर्ण मानिन्छ । कोषाध्यक्षकै प्रतिवेदनका आधारमा संस्थाको अडिट हुने गर्दछ । कोषाध्यक्ष हटाएर कार्यबहाक कोषाध्यक्ष बनाउनेलगायतका कामले गर्दा विगत पाँच वर्षको अन्तरालमा नेपाल बक्सिङ संघको एउटा पनि अडिट हुन सकेको छैन । निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै कार्यबहाक कोषाध्यक्ष खडा गर्नुको पछाडि आर्थिक अनियमितता गर्ने अभिप्रायबाट निर्देशित भएको स्पष्ट देखिएको छ ।
अहिले पनि धेरै जिल्ला संघहरुमा विवाद छ । आफू अनुकुलको नेतृत्व आएमा स्वागत गर्ने र आफू अनुकुल नभएमा मान्यता नै नदिने प्रपञ्च संघको नेतृत्वले गरिरहेको छ । अर्थात अहिले पनि धेरैजसो जिल्लाका प्रतिनिधिको टुंगो लाग्न सकेको छैन । यस्तो अवस्थामा संघले जिल्लाका साथीहरुलाई कुन आधार र हैसियतमा साधारणसभामा सहभागी हुनका लागि आह्वान ग¥यो, त्यो सोचनीय विषय छ ।
सविन भट्टाचार्य
महासचिव
नेपाल बक्सिङ संघ
यो पनि पढ्नुस्
बक्सिङ संघको साधारणसभा रोक्न परिषद्को निर्देशन
नेपाल बक्सिङ संघमा विकृति : वरिष्ठलाई बाइपास, पुस्कर पन्तलाई संधै लाभैलाभ !
खेलाडी छनोटमा बक्सिङ संघको मनोमानी : हारेका खेलाडीलाई जिताउने, जितेकालाई हराउने !
बक्सिङ संघको झिङ्गे दाउ
राम अवालेद्वारा राखेपको निर्देशन पटक पटक उल्लंघन : आर्थिक सहयोगका नाममा दर्जनौं मानिस भेला
नेपाली बक्सिङका ऐजेरु : श्याम अवाले
राम अवालेको अर्को फट्याइँ : पदावधि सकिएको संघमा सदस्य मनोनयन
बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने
अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत
कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा
राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता
कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?
बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय
अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम
बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी
बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार
बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !
बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी
बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप
बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ
बक्सिङ संघको अनियमितता लुकाउन विज्ञप्तिको झटारो
अध्यक्ष अवालेले अनियमितता गरेको समाचार सेयर गरेपछि बक्सिङ संघमा खैलाबैला (फलोअप)

नेपालमाला
