नेपाली बक्सिङका ऐजेरु : श्याम अवाले

काठमाडौं : नेपाल बक्सिङ संघ लामो समयदेखि विवादको घेरामा पर्नुको मुख्य कारण र पात्र हुन्, श्याम अवाले । उनको महत्वकांक्षा र व्यक्तिगत स्वार्थका कारण नेपाली बक्सिङ विवादको भुमरीमा परिरहेको छ । अध्यक्ष राम अवालेको नेतृत्व असक्षमताको फाइदा उठाउँदै श्याम निरन्तर संघमा हावी हुँदै आएका छन् । उनकै महत्वकांक्षा र स्वार्थका पछाडि लाग्दा राम अवाले पनि विवादमा तानिँदै आएका छन् ।
नेपाल बक्सिङ संघमा श्याम अवालेको हैसियत मनोनीत सदस्य हो । चार वर्षअघि संघको अध्यक्षमा राम अवाले निर्वाचित भएपछि उनले आफ्नै भाइ श्यामलाई सदस्यमा मनोनीत गरेका थिए । त्यसअघि श्याम अवालेको नाम नेपाली बक्सिङ जगतमा गुमनाम थियो । त्यसपछि उनले आफूलाई संघको सदस्यमा मात्र सीमित राखेनन्, संघलाई नै नियन्त्रणमा राख्दै आएका छन्, अझ त्यो पनि पारिवारिक क्लब जसरी ।

त्यसको ज्वलन्त उदाहरण गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) हो । १३औं सागमा बक्सिङको प्रतियोगिता सातदोबाटोस्थित कराते हलमा सञ्चालन भएको थियो । कुनै समय नेपाली खेलकुदमा स्वर्णिम इतिहास रचेको बक्सिङका प्रतिस्पर्धा हेर्न थुप्रै विशिष्ठ व्यक्तिहरु कराते हल पुगेका थिए । तर, त्यहाँ पुगेका धेरै विशिष्ठ व्यक्तिहरु निरास बन्नु प¥यो । विशिष्ठ व्यक्तिहरुका लागि व्यवस्था गरिएको सिट अवाले परिवारले भरिएको थियो । राम र श्याम अवालेका आमा, दाइ, भाउजुलगायत उनीहरुका छोराछोरी मात्र होइन, घरमा काम गर्नेहरु पनि विशिष्ठ सिटमा बसेका थिए । धेरैका लागि ‘.. लाई भन्दा हेर्नेलाई लाज’ भनेजस्तै भए पनि त्यसको परवाह राम र श्यामले गरेनन् । विशिष्ठ व्यक्तिहरुले उभिएर खेल्न हेर्न बाध्य बन्दा अवाले परिवार र उनका कामदारहरु भने उभरखुट्टी लगाएर बसेका थिए । यो सबै काम श्याम अवालेले नै गरेका थिए । उनकै ग्राइन्ड डिजाइनमा मञ्चको व्यवस्थापन गरिएको थियो । उभिएर खेल हेर्ने विशिष्ठ व्यक्तिहरुमा नेपाली मात्र थिएनन्, थुप्रै विदेशी व्यक्तिहरुले पनि उभिनु परेको थियो । यसरी २० वर्षपछि स्वदेशी भूमिमा फर्किएको सागमा अवाले परिवारका कारण सिंगो मुलुक लज्जित बन्नु परेको थियो ।

श्याम अवालेले बक्सिङ संघको छायाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षको भूमिका मात्र निर्वाह गर्दै आएका छैनन्, उनी संघको स्वघोषित प्रवक्ता, इन्टरनेसनल डाइरेक्टर र इन्टरनेसनल कोर्डिनेटरका रुपमा आफूलाई उभ्याउँदै आएका छन् ।

पदीय हिसावमा श्याम मनोनित सदस्य मात्र भए पनि उनले संघका सम्पूर्ण कामकारवाहीमा नियन्त्रण राख्दै आएका छन् । उनकै इसारा र चाहनामा संघको कामकारवाही हुँदै आएको छ । श्याम अवालेले बक्सिङ संघको छायाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षको भूमिका मात्र निर्वाह गर्दै आएका छैनन्, उनी संघको स्वघोषित प्रवक्तासमेत हुन् । आफूलाई संघको स्वघोषित प्रवक्ता भन्दै मिडियामा छाउने गरेका छन् । उनले कहिलेदेखि प्रवक्ताको जिम्मेवारी पाए भन्ने संघका पदाधिकारीलाई नै अत्तोपत्तो छैन । श्याम अवालेलाई प्रवक्ताको जिम्मेवारी दिनका लागि संघको बैठक बसेको पनि कसैलाई थाहा छैन । राम अवाले अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकले महासचिव सविन भट्टाचार्यलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो । तर, श्याम अवालेले महासचिवको अरु अधिकार खोसेजस्तै प्रवक्ताको जिम्मेवारी पनि खोसेर स्वघोषित प्रवक्ता भजाउँदै आएका छन् ।
श्याम अवालेले आफूलाई जहाँबाट जे फाइदा हुन्छ, त्यही पद लिने गरेका छन् । यसका लागि न त संघको बैठक आवश्यक पर्छ न कसैको रायसुझाव नै । ‘आफ्नो हात जगन्नाथ’ भनेजस्तै आफूलाई जे मन लाग्यो त्यही काम एकलौटी रुपमा गरिरहेका छन् । मनलाग्दी रुपमा विभिन्न पद पनि भिरिरहेका छन् । उनी नेपाल बक्सिङ संघका इन्टरनेसनल डाइरेक्टर र इन्टरनेसनल कोर्डिनेटर पनि हुन् । उनले धेरै अन्तर्राष्ट्रिय फोरमहरुमा आफूलाई इन्टरनेसनल डाइरेक्टर र इन्टरनेसनल कोर्डिनेटरका रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । एसियन बक्सिङ कन्फेडेरेसनले सामाजिक सञ्जालमा श्याम अवालेलाई इन्टरनेसनल डाइरेक्टरका रुपमा जन्मदिनमा समेत शुभकामनासमेत दिँदै आएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ र एसियन बक्सिङ कन्फेडेरेसनले पनि श्याम अवालेलाई बक्सिङ संघको तलबी कर्मचारीका रुपमा ब्याख्या गर्दै आएको छ । इन्टरनेसनल डाइरेक्टर तलबी कर्मचारी भएकाले संघको पदाधिकारीमा बस्न नपाइने प्रावधान हुँदाहुँदै पनि उनले त्यो प्रावधानको खिल्ली उडाउँदै आएका छन् । नेपाल बक्सिङ संघको विधानको दफा २० को (छ) अनुसार पनि श्याम अवालेको सदस्यता स्वतः समाप्त हुन्छ । तर, उनी अहिले पनि सदस्यकै हैसियतमा बहुपद धारण गरिरहेका छन् । बक्सिङ संघको सर्वेसर्वाका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

 

यो पनि पढ्नुस्

राम अवालेको अर्को फट्याइँ : पदावधि सकिएको संघमा सदस्य मनोनयन

बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने

अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत

कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा

राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता

कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?

बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम

बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी

बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ

बक्सिङ संघको अनियमितता लुकाउन विज्ञप्तिको झटारो

अध्यक्ष अवालेले अनियमितता गरेको समाचार सेयर गरेपछि बक्सिङ संघमा खैलाबैला (फलोअप)

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments