अध्यक्ष अवालेले अनियमितता गरेको समाचार सेयर गरेपछि बक्सिङ संघमा खैलाबैला (फलोअप)

काठमाडौं : नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई पाखा लगाउँदै सदस्य राम गिरीलाई कार्यबहाक कोषाध्यक्ष बनाएर संघको रकम हिनामिना र अनियमितता गरेको समाचार यस अनलाइनले गत आइतबार प्रकाशित गरेपछि संघभित्र निकै खैलाबैला मच्चिएको बुझिएको छ ।

अध्यक्ष राम अवालेको अकर्मन्यता, असक्षमता, पदलोलुपता र महत्वकांक्षाका कारण सिंगो नेपाली बक्सिङ अनिर्णयको बन्दी बनिरहेको छ । बक्सिङको विकासमा सिङ्को नभाँच्ने र संघलाई विवादको भुमरीमा पारिरहने अध्यक्ष अवालेको असक्षमताका विषयमा प्रकाशित समाचार बक्सिङप्रेमीले सामाजिक सञ्जालका साथै केही मेसेन्जर ग्रुपमा समेत सेयर गरेका थिए । बक्सिङप्रेमीले समाचार सेयर गरेपछि ‘हाम्राविरुद्धको समाचार किन सेयर गरेको’ भन्दै अवाले परिवारले बक्सिङका पूर्व खेलाडी र अग्रजहरुलाई समेत धम्की दिएको बुझिएको छ । हाल विदेशमा रहेका पूर्वबक्सरका केही परिवारलाई फोन गरी सेयर गरेको समाचार हटाउन र माफी माग्न समेत धम्की दिएको बुझिएको छ ।

‘नेपाली बक्सिङ जगत’लगायत मेसेन्जर ग्रुपमा समाचार सेयर भएपछि त्यसले निकै ठूलो तरंग ल्याएको छ । अध्यक्ष अवालेको पक्ष र विपक्षमा बहस भएको छ । धेरैले उनको कार्यशैलीको खुलेर विरोध गरेका छन् । बक्सिङ संघको नेतृत्व सम्हालेको चार वर्ष बितिसक्दा पनि बक्सिङको विकास र विस्तारमा सिंङ्कोसमेत भाँच्न नसकेको र सदैव विवाद बढाउने काम मात्र गरेको भन्दै केहीले रोषसमेत प्रकट गरेका छन् ।

संघका निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई हटाएर सदस्य राम गिरीलाई कार्यवहाक कोषाध्यक्ष बनाएपछि संघमा व्यापक आर्थिक अनियमितता भएको संघका पदाधिकारीले नै आरोप लगाउँदै आएका छन् । संघका पदाधिकारीको आरोपका विषयमा अध्यक्ष अवालेलगायत अहिलेको सिंगो कार्यसमितिले चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments