अन्तर्राष्ट्रिय Archives | नेपालमाला

 

क्यानडामा शक्तिशाली भूकम्प

काठमाडौं : उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ ।भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा…

भारतमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, के छ नेपालको अवस्था ?

काठमाडौं । छिमेकी देश भारतमा कोभिड-१९(कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग…

आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण गरिएका आइफोनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले २०२५ जुनदेखि युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने पनि घोषणा गरेका छन्। शुक्रबार उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल‘मा…

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

काठमाडौं : कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’ उनले अगाडि थपे, ‘दुवै…

भारत र पाकिस्तान तत्काल पूर्ण युद्धविराममा सहमत भए : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका छन्।  शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा एक पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि भारत र पाकिस्तान पूर्ण र तत्काल…

भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला…

अमेरिकामा आन्दोलन र सामाजिक सञ्जालमा टिप्पणी गर्ने ३ सय विद्यार्थीको भिसा रद्द

अमेरिका  : अध्ययनका लागि आएका विदेशी विद्यार्थीको गतिविधिमा समेत अमेरिकाको अध्यागमनसँग सम्बन्धित निकायहरूले निगरानी बढाएका छन्। आपराधिक गतिविधिमा संलग्न भएका तथा कानुनविपरीतका कार्यमा जोडिएकाहरूको खोजी गरी उनीहरूको अध्ययन अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। स–साना घटनामा संलग्न भएकाहरूको समेत भिसा…

विदेशी कारमा २५ प्रतिशत भन्सार लागू गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी आयातित कारहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ । यो घोषणा १ अप्रिलदेखि लागू हुनेछ। बुधबार जनरल मोटर्सका शेयरमा ३ प्रतिशत गिरावट आएको छ भने…

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने…

जारी भएका भिसा पनि रद्द हुन सक्छ : अमेरिकी विदेश मन्त्रालय

काठमाडौं : अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो ।  …

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाको भ्रमण गर्ने दाबी गरेका छन्। उक्त सम्झौता अमेरिकी सैन्य सहायताको बदलामा युक्रेनको दुर्लभ खनिज स्रोतहरू…

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको…

ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की

काठमाडौं :  युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका…

हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं : इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने…

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

अमेरिका : १९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि…

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौं : अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ…

कसरी लाग्यो क्यालिफोर्नियाको आगो? कहिले निभ्छ टुंगो छैन

काठमाडौं : क्यालिफोर्नियाको दैनिक पत्रिका लस एन्जल्स टाइम्सले आफ्नो अनलाइन संस्करणमा जनवरी ७ को दिउँसो पौने २ बजे खतरनाक आँधीका कारण दक्षिण क्यालिफोर्नियाको एडिसनमा बिजुली बन्द गरिएको र त्यसबाट हजारौं नागरिक मारमा परेको समाचार सम्प्रेषण गर्‍यो। ‘सान्ता आना’ नाम दिइएको…