अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत

काठमाडौं : राम अवाले, नेपाल बक्सिङ संघका अध्यक्ष मात्र होइनन्, दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता खेलाडी पनि हुन् । नेपालमै आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदमा उनले रजत पदक जितेका थिए । तर, बाई पाएर फाइनलमा पुगेको र फाइनलमा पनि नकआउट भएर रजत पदक जितेको भनेर अहिले पनि उनको खिसिटिउरी भने नेपाली बक्सिङ बृत्तमा समय समयमा हुने गरेको छ । राम अवाले खेलाडी जीवनमा कस्ता थिए र उनको प्रदर्शन कस्तो थियो भन्ने कुरा कि त त्यतिखेरका बक्सिङप्रेमी, खेलाडी र प्रशिक्षकले हेक्का राखेका होलान् कि राम अवालेलाई नै थाहा होला ।
दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता उनै राम अवालेले पछिल्लो समय नेपाली बक्सिङको सर्वोच्च निकाय नेपाल बक्सिङ संघको नेतृत्व सम्हालिरहेका छन् । उनको चार वर्षे कार्यकाल गत जेठमै समाप्त भए पनि कोरोना महामारीका कारण अहिले पनि अध्यक्ष बन्न पाइरहेका छन् । नेपाली बक्सिङ इतिहासमा सबैभन्दा विवादास्पद र असक्षम अध्यक्षको पगरी भिरेका राम अवालेले संघलाई पारिवारिक अखडा मात्र बनाएनन्, राम्रोलाई छाडेर हाम्रोलाई मात्र च्यापिरहे । यसले नेपाली बक्सिङको हुर्मत मात्र लिएन, उनी आफै पनि विवादको भूमरीमा जाकिए ।
राम अवालेको गलत हर्कतले उनी स्वदेशमा त विवादमा तानिँदै आएका छन्, विदेशमा पनि नेपाल र नेपाली बक्सिङको हुर्मत लिन उद्दत रहँदै आएका छन् । विशेषगरी संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठको निर्देशनलाई शिरोधार्य गर्दा र भाइ श्याम अवालेको गलत पासोमा पर्दा राम अवालेले नेपाललाई धेरै पटक लज्जित तुल्याउँदै आएका छन् ।
सन् २०१८ नोभेम्बरमा इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबा) को नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा राम अवालेले पनि सदस्यमा उम्मेदवारी दिए । आईबाको निर्वाचनमा लड्न विष्णुगोपाल श्रेष्ठले उनलाई उचालेका थिए । राम अवालेसँगै आफू पनि विदेश जान पाउने रहरमा विष्णुगोपालले अवालेलाई धेरै पटक ‘बलिको बोका’ बनाएका छन् । रसियाको मस्कोमा सन् २०१८ नोभेम्बर ४ मा भएको निर्वाचनमा राम अवालेले लज्जास्पद् हार बेहोरेका थिए ।
यसैगरी २०७६ बैशाखमा सम्पन्न एसियन बक्सिङ कन्फेडेरेसन (एएसबीसी) को निर्वाचनमा पनि राम अवालेले सदस्यमा उम्मेदवारी दिएका थिए । नेपालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, भाइ श्याम अवाले र पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई लिएर थाइल्यान्ड गएका राम अवालेले एएसबीसीको निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेका थिए । एएसबीसीको ४४ राष्ट्रमध्ये ३६ राष्ट्रका प्रतिनिधि सहभागी निर्वाचनमा अवाले तेस्रो चरणमा पराजित भएका थिए ।
नौ जना सदस्य र दुई उपाध्यक्ष छनोटका लागि थाइल्यान्डको बैंककमा भएको निर्वाचनमा अवालेले एक भोट मात्र पाएका थिए । थाइल्यान्ड जानुअघि आफूलाई संघका स्वघोषित प्रवक्ता मान्दै आएका श्याम अवालेले विष्णुगोपालको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो रहेको र उनी अन्तर्राष्ट्रिय फोरममा उभिँनासाथ १५÷१६ भोट झर्ने दाबी गरे पनि त्यो हास्याँस्पद मात्रै बनेको थियो । एएसबीसीमा नेपालले यसअघि नै प्रतिनिधित्व गरिसकेको थियो । सन् २०१५ मा नेपाल एएसबीसीको सदस्य निर्वाचित भएको थियो । संघका तत्कालिन अध्यक्ष राजीव श्रेष्ठ सदस्यमा निर्वाचित भएका थिए । तर, राम अवालेले त्यो परम्परालाई दोहो¥याउन सकेनन् ।
विष्णुगोपा श्रेष्ठको लहैलहैमा लागेर आईबा र एएसबीसीको निर्वाचनमा लज्जास्पद् हार बेहोरेका राम अवालेले सन् २०१६ मै नेपाली बक्सिङलाई लज्जित बनाउने एउटा अर्को काम पनि गरेका थिए । उनी अध्यक्षमा निर्वाचित भएलगत्तै इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) को परीक्षामा सहभागी भएका थिए । त्यसबेला पनि उनी आफैले बनाएको मानार्थ आजीवन अध्यक्ष विष्णुगोपालको आश्वासनमा पर्दा नराम्रोसँग चिप्लिएका थिए ।


कुरा सन् २०१६ अक्टोबरको हो । नेपाल बक्सिङ संघले एक जना व्यक्तिलाई आईटीओ कोर्सका लागि पठाउने निर्णय ग¥यो । राम अवालेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । संघले गरेको निर्णय आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल कहाँ पनि पुग्यो । उनले तुरुन्तै राम अवालेलाई बोलाएर झाँको झारे । त्यो कोर्सका लागि अध्यक्ष अवाले आफै जानुपर्ने र अरुलाई पठाउनु नहुने आश्वस्त पारे । राम अवालेलाई विष्णुगोपालको कुरा ठिकै लाग्यो र आफ्नै अध्यक्षतामा कार्यसमितिले गरेको निर्णयलाई लत्याउँदै उनी आईटीओ कोर्समा जाने निर्णय गरे । संघले पहिले पठाउने भनेको व्यक्तिलाई घात गरे ।
आईबा वल्र्ड एकेडेमी काजकिस्तानमा सन् २०१६ अक्टोबर ३० मा भएको आईटीओ कोर्समा राम अवाले अनुतीर्ण भएका थिए । सो कुरा आईबाले उनलाई सोही दिन पत्र लेख्दै अवगत गराएको थियो । तर, उनले लामो समयसम्म त्यो कुरा गोप्य राख्दै आएका छन् ।
माथि राम अवालेको खेलाडी जीवनको चर्चा गर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय एरिना र प्लेटफममा उनको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चर्चा गर्नका लागि हो । राम अवाले बक्सिङ संघको अध्यक्ष नै कसरी र कुन परिस्थितिबाट भए भन्ने कुरा नै बिर्सिए । अरुको कृपामा अध्यक्ष बनेका उनलाई त्यो पद एकै पटक सगरमाथा चढेंझै भयो । उनले आफ्नो धरातल बिर्सिए र अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागी भएर नेपाल र नेपाली बक्सिङको हुर्मत लिने काम पटक पटक गरिरहे । राम अवालेले आईबा र एएसबीसीको निर्वाचनमा सहभागी हुनुअघि बक्सिङका अन्तर्राष्ट्रिय फोरमहरुमा कहिले पनि सहभागी भएका थिएनन् । अन्तर्राष्ट्रिय डेलिगेट्सहरुलाई चिनेका पनि थिएनन् । एक व्यक्तिको उक्साहटमै उनी आईबा र एएसबीसीको निर्वाचन लड्न पुगेका थिए । आईबा र एएसबीसी कस्तो संस्था हो भन्ने भेउसम्म पाउन सकेनन् । अरुको कृपामा अध्यक्ष भएझैं आईबा र एएसबीसीमा चुनाव जित्छु भन्ने घमण्ड उनमा पलायो । अझ विष्णुगोपालको उक्साहटले ‘आगोमा घ्यू थप्ने’ काम ग¥यो ।
आईटीओ कोर्सका सवालमा पनि उनलाई केही थाहा नै थिएन् । आईटीओको भूमिका, उसको दायित्व र गर्नुपर्ने काम कर्तब्यका बारेमा राम्रोसँग अध्ययन नै नगरी उनी कोर्समा सहभागी भएका थिए । नेपालमा जस्तै पैसा र पावरका भरमा उतीर्ण भइन्छ भन्ने लहडमा उनी आईटीओ कोर्समा सहभागी भएका थिए । त्यही कारण उनी नराम्रोसँग पछारिए ।
सुरुमा जसलाई पठाउने भनिएको थियो, उनले राम्रो तयारी गरेका थिए । आफ्नो करियर नै आईटीओ अफिसरमा बिताउने सपना देखेका उनलाई राम अवालेले नराम्रोसँग घात गरे । त्यही घातको पाप लागेरै होला राम अवालेले पनि त्यो कोर्स उतीर्ण गर्न सकेनन् । राम अवाले आफैले निर्णय गरेको व्यक्तिलाई कोर्सका लागि पठाएको भए नेपालले एउटा आईटीओ अफिसर पाइसकेको हुन्थ्यो र नेपाली बक्सिङको विकासमा यसले राम्रै उपलब्धि पनि हासिल गरिसकेको हुन्थ्यो तर, बिडम्वना जहाँ पनि आफै जानुपर्ने र आफूलाई मात्रै सबै थोक चाहिने राम अवालेको महत्वकांक्षा र प्रवृत्तिका कारण नेपालले आईटीओ अफिसर गुमायो गुमायो, नेपाली बक्सिङलाई पनि खाल्डोमा जाक्ने काम ग¥यो ।
अहिले नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिसकेको छ । चार वर्षको अवधिमा नेपाली बक्सिङले हासिल गरेका उपलब्धि र राम अवालेको मपाइँतन्त्र र परिवारवादका विषयमा सबै बक्सिङप्रेमीले गहन रुपमा अध्ययन गर्नैपर्ने अवस्था आएको छ । अब पनि राम अवालेजस्तै अरुको इशारामा चल्ने कठपुतलीलाई अध्यक्ष बनाउने हो भने नेपाली बक्सिङको हालत कहाँ पुग्छ ? सबैले एक पटक सोच्नुपर्ने हुन्छ ।

 

यो पनि पढ्नुस्

कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा

राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता

कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?

बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम

बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी

बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments