जीवनशैली Archives | नेपालमाला

 

नेवार समुदायको एक महिने ‘गुँला पर्व’ सुरु

काठमाडौं : नेवार समुदायको एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि सुरु भएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । पर्व विशेषतः नेवार समुदायका बौद्ध धर्मावलम्बीले…

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं : छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् । निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन्…

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी,…

आज ऋषिपञ्चमी, ऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने,…

गाईजात्रा : शोक र उल्लासको संगम

काठमाडौं : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको…

अक्षय तृतीया पर्व, सातु र सर्वत सेवन गरेर मनाइँदै

 काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो,…

ड्राई फ्रुट : कुन भिजाएर खाने, कुन नभिजाई खाने ?

काठमाडाैं : सबैलाई थाहा छ ड्राई फ्रुट शरीरको लागि धेरै फाइदाजनक हुन्छ, यसमा पाइने पोषक तत्त्वले तपाईंको शरीरलाई फिट राख्छ ।यस्तो अवस्थामा कुन ड्राई फ्रुट भिजाएर खाने र कुन खानु हुँदैन भन्ने कुरा जान्नु निकै जरुरी हुन्छ । भिजाएर बदाम…

मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि

काठमाडौं : आज तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा…

चिसोमा हात–खुट्टाको जोर्नी दुख्छ ? अब यसो गर्नुस्

काठमाडौं : चिसो मौसम शुरु भइसकेको छ । यसबेला अनेकथरी शारीरिक समस्याले मानिसहरुलाई सताउने गर्दछ । तीमध्ये एउटा साझा समस्या हो, आर्थराइटिस वा गठिया रोग । सामान्यतया जोर्नी दुख्ने समस्या सबै लिंग र उमेर समूहमा देखिने गर्छ । तर ज्येष्ठ…

आजदेखि सोह्र श्राद्ध : यस्तो छ पौराणिक मान्यता

 काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण,…

कस्तो हुनुपर्छ दरको व्यञ्जन ?

नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरसँग जोडिएका पनि अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिर जस्ता परिकार खाने र अन्तिममा विशेष…

तीजको अघिल्लो दिन आज दर खाँदै

काठमाडौं : महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर…

साउन महिमा : यसकारण धार्मिक दृष्टिले सर्वोत्तम र पवित्र मानिन्छ

काठमाडौं : शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।…

साउनको १६ शृंगारको महिमा

काठमाडौं : भन्नलाई त भनिन्छ, विद्या समं नास्ति शरीर भूषणम् ।  मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो । यद्यपि मान्छेले आफ्नो रुपरंगमा निखार ल्याउन बाहिरी गरगहना लगाउने गर्छन् । सौन्दर्यको एक अहम् हिस्सा पनि हो यो । गहनाको…

यस्ता छन् नेपालका जनजातिको मौलिक परम्परागत नाचहरू

काठमाडौं : हरेक जातजातिको मौलिक संस्कृति आफ्नै किसिमको नृत्य र अन्य संस्कारसँगै सुरु हुन्छ । कुनै जातिले मान्छेको अन्तिम संस्कारमा नृत्यलाई प्राथमिकता दिने गर्छन् भने कतिपय कतिपयले अन्य सांस्कृतिक गतिविधिमा आफूलाई ढालिरहेका हुन्छन् । तर जुनसुकै जातिमा पनि नृत्यलाई भने…

योगासन गर्दा अपनाउनुपर्ने सावधानी

काठमाडौँ : व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने…

बजारका मास्क कुन बढी सुरक्षित ?

काठमाडौं : कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्कोतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग…