काठमाडौं : आयोजक काभ्रे जिल्ला ११औं जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण नै जितेको प्रदेश नम्बर ५ दोस्रो भयो ।…
सानेपालाई जुनियर लिग उपाधि
काठमाडौं : जुनियर फुटबल एकेडेमी (जेएफए) लिगको उपाधि सानेपा जितेको छ । शनिबार भएको फाइनलमा बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपाले उपाधि जितेको हो । जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यू–१२ फुटबल लिग सुरु गरेको थियो । लिगमा…
कामना विकास बैंक च्याम्पियन
काठमाडौं : छैटौं माछापुच्छ«े बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कामनाले भारतीय राजदूतावासलाई पराजित ग¥यो । कामनाले पहिलो पटक कर्पोेरेट क्रिकेटको उपाधि चुमेको हो ।…
विमल र निमा सर्वोत्कृष्ट
काठमाडौं : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपीए स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष २०७५ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार आयोजना गरेको अवार्डमा विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।…
गणेशमान सिंह स्मृति बक्सिङ अर्को महिना
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा…
मच्छिन्द्र ए डिभिजन लिग च्याम्पियन
काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्बललाई १–० गोलले हरायो । मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले आर्मीको आत्मघाती गोल…
साबिक विजेता मनाङ मस्र्याङ्दी तेस्रो
काठमाडौं : साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो स्थानमा समेटिएको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङले तेस्रो स्थानमा रहेर लिग सक्कायो । मनाङले १३ खेलबाट २८…
गोमाको कराते मोह
काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका–५ सिलामेकी गोमा तामाङ छिनछिनमै विरामी पर्थिन् । नसासम्बन्धी समस्याका कारण एकै ठाउँमा बसिरहनु पर्ने बाध्यता उनमा थियो । उनी उपचारका लागि विभिन्न स्थानमा पुगिन् । धामीझाँक्रीको शरणमा पनि परिन् । तर पनि उनले रोगबाट छुटकारा…
ए डिभिजन लिग : जुमानुको ह्याट्रिक
काठमाडौं : जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । लिगको आफ्नो अन्तिम खेलमा पुलिसलाई जिताउन…
राष्ट्रिय उमा कुङफुको तयारी
काठमाडौं : नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी…
सागमा पदक विजेता सम्मानित
हेटौंडा : बागमती प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रदेशभित्रका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ । बागमती प्रदेश सरकार स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित विषेश कार्यक्रममा स्वर्ण, रजत र कांस्य पदक…
जाउलाखेल र शेर्पा बराबरी
काठमाडौं : जाउलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा जाउलाखेल र शेर्पाले ३–३ गोलको बराबरी खेले । जाउलाखेलका लागि कुबेर विष्ट,…
अमेरिकाविरुद्ध नेपालको सानदार जित
प्रारम्भिक ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई सस्तैमा गुमाए पनि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–मा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।…
नेपालको उत्कृष्ट प्रदर्शन : अमेरिका ३५ रनमै समेटियो
काठमाडौं : नेपालका दुई स्पिनर सन्दीप लामिछाने र सुशन भारीले एकआपसमा १० विकेट बाँडेपछि अमेरिका १२ ओभरमा ३५ रनमै समेटिएको छ । घातक बलिङ गरेका सन्दीपले ६ विकेट लिए भने सुशनले चार विकेट हात पारे । सन्दीपले ६ ओभर बलिङ…
आर्मी फेरि शीर्ष स्थानमा
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोलले हरायो । कप्तान भरत खवासले लिग फुटबल करियरको ५०औं गोल…
एपीएफले रेलिगेसन टा¥यो
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले रेलिगेसनको खतरा करिब टारेको छ । सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रेलिगेसन खतरा टारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ गोलले…
जेएफए लिग सुरु
काठमाडौं : जुनियर फुटबल एकेडेमी (जेएफए) ले आफ्ना खेलाडीको एक्सपोजरका लागि यू–१२ फुटबल लिग सुरु गरेको छ । शनिबारबाट सुरु भएको लिग तीन सातासम्म सञ्चालन हुनेछ । सानोठिमीस्थित एसओएस विद्यालयको मैदानमा हरेक शनिबार हुने लिगमा जेएफएको टोलीसँगै काब्य, निसर्ग बाटिका,…
