अमेरिकाविरुद्ध नेपालको सानदार जित

प्रारम्भिक ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई सस्तैमा गुमाए पनि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–मा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पारस खड्काले २० र दीपेन्द्रसिंह ऐरीले अविजित १५ रन बनाए । कप्तान ज्ञानेन्द्र एक रनमा पेभेलियन फर्किएका थिए । अमेरिकाका नोसथुस केन्जिङले दुई विकेट लिए ।
यसअघि नेपालका दुई स्पिनर सन्दीप लामिछाने र सुशन भारीले एकआपसमा १० विकेट बाँडेपछि अमेरिका १२ ओभरमा ३५ रनमै समेटिएको छ ।

घातक बलिङ गरेका सन्दीपले ६ विकेट लिए भने सुशनले चार विकेट हात पारे । सन्दीपले ६ ओभर बलिङ गर्दै सन्दीपले १६ रन खर्चिए भने सुशनले तीन ओभरमा पाँच रन मात्र दिए । यी दुई बाहेक ओपनिङ बलिङ गरेका करण केसीले भने विकेट लिन सकेनन् ।

लगातार विकेट गुमाएको अमेरिकाका लागि जेभियर मार्सलले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनिङ ब्याटिङमा आएका उनले १६ रन बनाए । अमेरिका चार ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किए भने तीन खेलाडीले चार र दुई खेलाडीले दुई रन मात्र लिन सके ।
ओमानसँग लगातार दुई खेलमा पराजय बेहोरेको नेपालले अमेरिकालाई यसअघि भएको खेलमा पनि पराजित गरेको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा हालसम्म १० खेल खेलेको ओमान १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । १२ खेलबाट १२ अंक नै बटुलेको अमेरिका दोस्रो स्थानमा छ । आठ खेलबाट नौ अंक जोडेको स्कटल्यान्ड तेस्रो, सात खेलबाट आठ अंक हात पारेको नामिबिया चौथो, सात खेलबाट सात अंक बटुलेको संयुक्त अरब इमिरेट्स पाँचौं र तीन खेलबाट दुई अंक हात पारेको नेपाल छैटौं स्थानमा छन् ।
हालसम्म खेलेको आठवटै खेलमा हार भोगेको पपुवा न्युगिनी तालिकाको सातौं स्थानमा छ । नेपालले चार खेलबाट चार अंक नै जोडेको छ ।
लिग–२ शृंखला भनेको सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा पुग्ने बाटो पनि हो । प्रतियोगिताको समाप्तिपछि शीर्ष तीन टोली सीधै विश्वकप छनोट चरणमा पुग्नेछन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments