खेल Archives | Page 52 of 62 | नेपालमाला

 

अस्ताए सेते दाइ

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङ (सेते दाइ) को आइतबार राति निधन भएको छ । मिगौला रोगबाट पीडित तामाङको उपचारका क्रममा निधन भएको हो । मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो…

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

काठमाडौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत सो कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने…

उरुग्वेका पर्यटकसँग मैत्रीपूर्ण फुटबल

काठमाडौं : विश्वभरि कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिरहेको बेला नेपालमा भने त्यसको असर देखिएको छैन । सरकारले राष्ट्रिय स्तरका खेलकुद गतिविधि एक साता नगर्न भने पनि स्थानीय तथा मैत्रीपूर्ण खेलहरु भने निरन्तर सञ्चालन भइरहेका छन् । हालै नेपाल भ्रमणमा…

नेपाल र इङ्ल्यान्डबीचको खेल स्थगित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्वभर आतंक फैलाएपछि आगामी मे २५ का लागि तय भएको खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ…

के हुन्छ टोकियो ओलम्पिक ?

टोकियो : विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पनि अन्योलमा परेको छ। जापानले भने समयमै ओलम्पिक आयोजना गर्ने दाबी गरेको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले समयमै…

टोकियो ओलम्पिक : नेपालका १५ खेलाडी सिफारिस

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकमा नेपालबाट नौ खेलमा १५ जना खेलाडीलाई वाइल्ड कार्डका लागि प्रस्ताव गरेको छ। वाइल्ड कार्डमार्फत दुई खेलमा तीन जना खेलाडीको सहभागिता भने पक्का भइसकेको छ। यसपटक पौडीमा दुई जना र एथलेटिक्समा एक जनाको सहभागिता…

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

कास्की : ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल…

आईपीएल स्थगित

मुम्बई : विश्वभर फैलिएको नोवल कोरोना भाइरसको सन्त्रासका कारण भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। प्रतियोगिताको १३औं संस्करण मार्च २९ तारिखदेखि सुरु हुने कार्यक्रम थियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार प्रतियोगिता तत्कालका…

 प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित   

लन्डन : इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले “आइसोलेसन” मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण…

नेपाली खेलकुदमा कोरोना प्रभाव

काठमाडौ : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् । फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै…

ब्याडमिन्टनमा प्रिन्सको छलाङ

काठमाडौ : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्…

बक्सिङ टोली फर्कियो

काठमाडौं : जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ । मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले…

सन्तोषी र गोपीचन्द्रलाई उपाधि

काठमाडौं : सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण…

मलेसियासँग हा¥यो नेपाल

काठमाडौं ः एसीसी इस्टर्न रिजन टीट्वेन्टी कप क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ । थाइल्यान्डमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको एक सय ५५ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४…

राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट

काठमाडौं : सुरेन्द्र थापा मगर र सलिना तामाङ पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुरेन्द्रले पुरुष ६०–६५ केजी तथा सलिनाले महिला ३०–३५ केजीमा स्वर्ण जितेको आयोजक नेपाल उमा कुङफु संघका उपाध्यक्ष एवं प्रतियोगिताका मुख्य…

प्रदेश १ बाट १४ खेलाडी छानिए

काठमाडौं : आगामी चैतमा आयोजना हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन् । बिहीबारबाट विराटनगरमा सुरु भएको प्रदेश १ स्तरीय छनोट प्रतियोगिताबाट पुरुष ४९ केजीमा तौल समूहमा झमेन्द्र राई, ५२…

सागका स्वर्ण विजेता विजयलाई काब्य स्कुलको सम्मान

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता विजय सिंजालीलाई काब्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले विजयलाई सम्मान गरेको हो । आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै…