जाउलाखेल र शेर्पा बराबरी

काठमाडौं : जाउलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा जाउलाखेल र शेर्पाले ३–३ गोलको बराबरी खेले ।

जाउलाखेलका लागि कुबेर विष्ट, फोडे फोफाना र रूपबहादुर लामाले गोल गरे । शेर्पाका स्टेफेन समिरले दुई तथा विजय श्रेष्ठले एक गोल गरे । जाउलाखेलका कुबेर विष्ट म्यान अफ दी म्याच भए ।

बराबरीसँगै १२ खेलबाट १९ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ । ११ अंक बनाएको शेर्पा ११औं नै स्थानमा छ । जाउलाखेल र शेर्पाको खेलसँगै लिगमा १२औं चरणका खेल सकिएको छ । अन्तिम तथा १३औं चरणका खेलहरू बिहीबारदेखि सुरु हुनेछ । १२औं चरणबाटै रेलिगेसनको टुंगो लागेको छ । सरस्वती अन्तिम खेलअगावै रेलिगेसनमा परेको छ ।

लिगको उपाधि होड भने रोचक बनेको छ । उपाधिका लागि १३औं चरणको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । १२औं चरणको खेलपछि शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक छ । आर्मीभन्दा एक अंकले पछि रहेको मच्छिन्द्रको २८ अंक छ । साबिक विजेता मनाङ मस्र्याङ्दी उपाधि दौडबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको मनाङको २५ अंक छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments