सागमा पदक विजेता सम्मानित

हेटौंडा : बागमती प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रदेशभित्रका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

बागमती प्रदेश सरकार स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित विषेश कार्यक्रममा स्वर्ण, रजत र कांस्य पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो । २४ विधाका एक सय ६३ जना खेलाडीलाई बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसार्इं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठले पुस्कार प्रदान गरे ।

स्वर्ण बिजेतालाई एक लाख, रजतलाई ५० र कांस्य पदक बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रदेश सरकारले खोलाडीको पुरस्कारमा ८८ लाख ७५ हजार रकम खर्चिएको थियो ।

१३ औं सागमा बागमती प्रदेशका ४० खेलाडीले स्वर्ण, ४७ जनाले रजत र ७६ जनाले कांस्य पदक जितेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments