काठमाडौं : छैटौं माछापुच्छ«े बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कामनाले भारतीय राजदूतावासलाई पराजित ग¥यो । कामनाले पहिलो पटक कर्पोेरेट क्रिकेटको उपाधि चुमेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको कामनाले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाएर ६२ रन बनायो । कामनाका लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रनको योगदान गरे । उनले १७ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । टोलीको खातामा सुरेश उप्रेतीले पनि १३ रन थपे । भारतीय राजदूतावासका बलर निरज सिंहले एक विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको भारतीय राजदूतावासले भने निर्धारित ओभरमा ५४ रनमात्र बनाउन सक्यो । भारतीय राजदूतावासका लागि सुभास सिंहले २८ र निरजकुमार सिंहले ११ रन बनाए । कामनाका बलर हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले एक÷एक विकेट लिए । फाइनल खेलमा कामनाका हेमन्त श्रीवास्तव म्यान अफ दी म्याच घोषित भए ।
यसअघि बुधबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतीय राजदूतावासले एनसेलको ‘ए’ टोलीलाई १९ रन र कामनाले सिभिल बैंकलाई १५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए । कामनाका हेमन्त श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल दुई सय पाँच रन बनाउनुका साथै चार विकेट पनि लिए ।
यसैगरी प्राइम कमर्सियल बैंकका विवेक दली सर्वोत्कृष्ट बलर घोषित भए । सेन्चुरी बैंकका सुरज तिमिल्सिना सर्वोत्कृष्ट ब्याट्सम्यान बने । भारतीय राजदूतावासका राजेश चौधरी सर्वोत्कृष्ट विकेटकिपर र प्राइम कमर्सियल बैंकका विवेक दली सर्वोत्कृष्ट फिल्डर घोषित भए । फेयर प्ले अवार्ड भने नेपाल राष्ट्र बैंकले प्राप्त ग¥यो । सेन्चुरी बैंकका सुरज तिमिल्सिना सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने ।