नेपालको उत्कृष्ट प्रदर्शन : अमेरिका ३५ रनमै समेटियो

काठमाडौं : नेपालका दुई स्पिनर सन्दीप लामिछाने र सुशन भारीले एकआपसमा १० विकेट बाँडेपछि अमेरिका १२ ओभरमा ३५ रनमै समेटिएको छ ।

घातक बलिङ गरेका सन्दीपले ६ विकेट लिए भने सुशनले चार विकेट हात पारे । सन्दीपले ६ ओभर बलिङ गर्दै सन्दीपले १६ रन खर्चिए भने सुशनले तीन ओभरमा पाँच रन मात्र दिए । यी दुई बाहेक ओपनिङ बलिङ गरेका करण केसीले भने विकेट लिन सकेनन् ।

लगातार विकेट गुमाएको अमेरिकाका लागि जेभियर मार्सलले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनिङ ब्याटिङमा आएका उनले १६ रन बनाए । अमेरिका चार ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किए भने तीन खेलाडीले चार र दुई खेलाडीले दुई रन मात्र लिन सके ।
ओमानसँग लगातार दुई खेलमा पराजय बेहोरेको नेपालले अमेरिकालाई यसअघि भएको खेलमा पनि पराजित गरेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments