काठमाडौं : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपीए स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष २०७५ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार आयोजना गरेको अवार्डमा विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दुवै खेलाडीले जनही एक लाख रुपैयाँ पुरस्कार पाए । संघले इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर २८ खेलका खेलाडीलाई सम्मान गरेको हो । एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान खेलाडी घोषित भएका छन् । अजित र सरस्वतीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।
बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाइ गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरियो । उनले ३५ हजार रुपैयाँ पाए । यसैगरी पारा एथलिटमा बोसिया खेलकी महिमा कोइराला, एथलेटिक्सका अजितकुमार यादव, बास्केटबल, मनिषराज उपाध्याय, जुडोका इन्द्र श्रेष्ठ, करातेका विजय श्रेष्ठ, कुस्तीका रेशम गौतम, उसुकी जुनी राई, आर्चरीका तिलक पुनमगर, तेक्वान्दोकी निमा गुरुङ, गल्फका टंकबहादुर कार्की, फुटबलका भरत खवास, भलिबलकी सरस्वती चौधरी, सुटिङकी सुस्मिता नेपाल, भारोत्तलोनकी सञ्जु चौधरी, प्याराग्लाइडिङका विमल अधिकारी, पौडीका सुभम श्रेष्ठ, टेबुल टेनिसकी नविता श्रेष्ठ, फेन्सिङका ओमकार सिंह, लन टेनिसकी प्रेरणा कोइराला, कबड्डीकी रेणुकाकुमारी राजवंशी, सेपाकताक्रोका रोशन तामाङ, स्पोर्ट्स क्लाम्बिङका पेम्बा शेर्पा, बक्सिङका मिलन शाह ठकुरी, रोलरका भूपेन्द्र थापा, ब्याडमिन्टनका दीपेश धामी, कुराँसका उपेन्द्र थापा, पेनकेक सिलातका गोविन्द चौधरी र ट्रायथोलनका बसन्त थारु उत्कृष्ट खेलाडी भए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।