काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्बललाई १–० गोलले हरायो । मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले आर्मीको आत्मघाती गोल सहयोगमा बाजी मारेको थियो । उपाधिसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता आर्मीले ३५ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले लगातार मौका बनाए पनि जितका लागि आत्मघाती गोल नै सहयोगी बन्यो । ३३औं मिनेटमा रन्जित धिमालको करिव ३० यार्ड लामो फ्रिकक बचाउने क्रममा आर्मीका विकाश तामाङको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । तत्काल बल बचाउने लडेका आर्मीका गोलरक्षक विकेश कुथु घाइते भए । उनलाई तत्कालै अस्पताल लगिएको थियो । विकेशको स्थानमा विवश चौधरीले पोस्ट् सम्हालेका थिए । १३ खेलबाट मम्छिन्द्रले ३१ अंक बनायो । आर्मीले २९ अंक बटुल्यो ।
साविक विजेता मनाङ मस्र्याङ्दी तेस्रो भयो । मनाङले २५ लाख रुपैयाँ प्राप्त ग¥यो । चौथो भएको थ्रीस्टार क्लबले १५ लाख, पाँचौं भएको नेपाल पुलिस क्लबले सात लाख र छैटौं भएको जाउलाखेल युथ क्लबले पाँच लाख रुपैयाँ पुरस्कार पायो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष ६ मा रहने टोलीलाई मात्र नगद पुरस्कारको ब्यवस्था गरेको हो । सरस्वती रेलिगेसनमा प¥यो ।
लिगका विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । मणि विक्रम शाह स्मृति युवा खेलाडी पुरस्कार एनआरटीका दर्शन गुरुङ र फेयर प्ले टिम अवार्ड थ्रीस्टार क्लबलाई प्रदान गरियो । युवा र फेयर प्ले विजेताले एक लाख रुपैयाँ पुरस्कार पाए । मंसिर २८ गतेदेखि सञ्चालित लिगमा १४ टोलीले भाग लिएका थिए ।
लिगमा मनाङका दीप कार्की गोलरक्षक, थ्रीस्टारका अनन्त तामाङ रक्षक, मच्छिन्द्रका विवशाल राई मिडफिल्डर, आर्मीका
भरत खवास स्ट्राइकर र मच्छिन्द्रका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक घोषित भए ।

Previous Article
साबिक विजेता मनाङ मस्र्याङ्दी तेस्रो
Next Article