सानेपालाई जुनियर लिग उपाधि

काठमाडौं : जुनियर फुटबल एकेडेमी (जेएफए) लिगको उपाधि सानेपा जितेको छ । शनिबार भएको फाइनलमा बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपाले उपाधि जितेको हो ।
जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यू–१२ फुटबल लिग सुरु गरेको थियो । लिगमा सानेपाकै बी टोली तेस्रो भयो ।


लिगमा करेज न्यौपाने बेस्ट डिफेन्डर, प्रज्वल श्रेष्ठ मिडफिल्डर, आभानलाल श्रेष्ठ गोलकिपर, अन्जन प्रधान बेस्ट स्ट्राइकर र बाप्तिका कार्की राइजिङ प्लेयर घोषित भए ।  विजेता खेलाडीलाई जेएफएका अध्यक्ष रिजन खड्का, प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षत्री, अक्षरा विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराई, बेल्स फुटबल फुटबल संघका सदस्य डेरनलगायतले पुरस्कार प्रदान गरे ।

लिगमा जेएफएको टोलीसँगै काब्य, निसर्ग बाटिका, एसओएस, अक्षरालगायतका विद्यालयका १० टोलीले सहभागिता जनाएका थिए । यस वर्ष एउटा उमेर समूहमा लिग सञ्चालन गरिए पनि आगामी वर्षमा विभिन्न उमेर समूहमा व्यवस्थित रुपमा आयोजना लिग सञ्चालन गरिने जेएफएका प्रमुख प्रशिक्षक क्षत्रीले बताए ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments