खेल Archives | Page 30 of 62 | नेपालमाला

 

जुडो खेलाडी सोनियालाई वाइल्ड कार्ड

काठमाडौं : जुडो खेलाडी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य पदक विजेता सोनियाले टोकियो ओलम्पिकको वाइल्ड कार्ड पाएकी हुन् । उनले १३औं सागमा…

कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा

रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोलले पराजित गर्दै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । अर्को एक गोल आत्मघाती…

ब्राजिलको पुनरागमन जित

रियो दी जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा पुनरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले घरेलु मैदानमा कोलम्बियालाई २–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गर्दै पुनरागमन जित निकालेको…

रोनाल्डोको कीर्तिमान

बुडापेस्ट : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । रोनाल्डोले इरानका पूर्वस्टार अली देईको नाममा रहेको एक सय नवौं अन्तर्राष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा…

युरोकप फुटबल : प्रिक्वार्टर समीकरण पूरा

बुडापेस्ट : १६औं संस्करणको युरोकप फुटबलको प्रिक्वार्टरफाइनलको समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलमा ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’बाट फ्रान्स, जर्मनी र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएपछि प्रिक्वार्टरफाइनलको समीकरण पूरा भएको हो । क्वार्टरफाइनल प्रवेशका लागि…

न्युजिल्यान्ड च्याम्पियन

लन्डन : न्युजिल्यान्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । छैटौं दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा भारतलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्डले उपाधि जितेको हो । साउथह्याम्पटनमा बुधबार दोस्रो पालिमा भारत एक सय ७० रनमा समेटिएपछि न्युजिल्यान्डले एक सय ३९…

युरो कप : स्पेन नकआउट चरणमा

सेभिल : स्पेन समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदान सेभिलमा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोलले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहमा स्विडेन समूह विजेता बन्यो…

इङ्ल्यान्ड समूह विजेता, चेक रिपब्लिक र क्रोएसिया नकआउट चरणमा

लन्डन : रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इङ्ल्यान्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका…

उसु महासंघद्वारा खेलाडीलाई राहत वितरण

काठमाडौं : नेपाल उसु महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । महासंघका पदाधिकारीले काठमाडांै उपत्यकाका विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल…

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

रियो दी जेनेरियो : अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको…

उरुग्वे र चिलीको बराबरी

रियो दी जेनेरियो : उरुग्वे र चिलीले कोपा अमेरिका फुटबलमा बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । एरिना पान्टानल कुइउवा माटो ग्रासोमा चिलीका एडवार्डाे भर्गासले गोल गर्दा…

डेनमार्क अन्तिम १६ मा, बेल्जियम अपराजित

सेन्ट पिटर्सबर्ग : युरोकप फुटबलअन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बेल्जियमले फिनल्यान्डलाई २–० गोलले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४–१ गोलले…

कोपा अमेरिका फुटबल : पेरुसँग कोलम्बिया स्तब्ध

रियो दी जेनेरियो : कोलम्बिया कोपा अमेरिका फुटबलमा पेरुसँग स्तब्ध बनेको छ । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा पेरुले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो । सोमबार बिहान भएको खेलमा पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । अर्को…

हारेर पनि नकआउट चरणमा वेल्स

रोम : वेल्स युरोकप फुटबलको अन्तिम खेलमा पराजित भए पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी इटालीसँग १–० गोलले पराजित भए पनि वेल्स उपविजेता बन्दै समूह ‘ए’बाट प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो…

सागरलाई एटेमी करातेको सम्मान

काठमाडौं : कराते खेलाडी एवं प्रशिक्षक सागर गुरुङलाई एटेमी कराते संघले सम्मान गरेको छ । आइतबार आयोजित विशेष कार्यक्रम आयोजना गर्दै संघले सागरलाई सम्मान गरेको हो । एटेमी करातेका पहिलो ब्याचका खेलाडी तथा प्रशिक्षक सागर गोरखाको धार्चे गाउँपालिकाको खेलकुद विभागको…

पोर्चुगललाई आत्घाती गोलले डुबायो

म्युनिख : युरोकप फुटबलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो । पोर्चुगलका खेलाडीले दुई गोल आफ्नै पोस्ट्मा गरेपछि जर्मनीले सहज जित निकालेको हो…

हंगेरीसँगको फ्रान्सको बराबरी

बुडापेष्ट : विश्व विजेता फ्रान्सले युरोकप फुटबलमा हंगेरीसँग बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । हंगेरीको पुस्कास एरिनामा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोली हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको…