काठमाडौं : कराते खेलाडी एवं प्रशिक्षक सागर गुरुङलाई एटेमी कराते संघले सम्मान गरेको छ । आइतबार आयोजित विशेष कार्यक्रम आयोजना गर्दै संघले सागरलाई सम्मान गरेको हो ।

एटेमी करातेका पहिलो ब्याचका खेलाडी तथा प्रशिक्षक सागर गोरखाको धार्चे गाउँपालिकाको खेलकुद विभागको संयोजक भएको उपलक्ष्यमा संघले सम्मान गरेको हो । सागरलाई गाउँपालिकामा खेलकुदका योजना बनाउने र प्रतियोगिताहरु सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारीसहित धार्चे गाउँपालिकाले खेलकुद संयोजकमा नियुक्त गरेको थियो ।

सागरलाई एटेमी कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक प्रदीप थापालगायत संघका पदाधिकारीले सम्मान गरेको हो । सम्मान गर्दै थापाले सिंगो धार्चे गाउँपालिकालाई खेलकुदमैत्री गाउँपालिकाका रुपमा विकास गर्न सागरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । सागर एटेमी कराते संघका उपाध्यक्ष पनि हुन् ।

नेपालमाला
