रियो दी जेनेरियो : कोलम्बिया कोपा अमेरिका फुटबलमा पेरुसँग स्तब्ध बनेको छ । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा पेरुले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।
सोमबार बिहान भएको खेलमा पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । अर्को गोल पेरुले कोलम्बियाबाट आत्मघाती रुपमा उपहार पाएको थियो । कोलम्बियाका एर्री मिनाले आफ्नै पोस्ट्मा गोल गरेका थिए । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काएका थिए ।
खेलको १७औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि ६४औं मिनेटमा कोलम्बियाका एर्री मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो ।
यस जितसँगै समूह ‘ए’ मा रहेको पेरुले दुई खेलमा तीन अंक जोडेको छ । पेरु समूहको तेस्रो स्थानमा छ । कोलम्बियाले भने तीन खेलमा चार अंक जोडेको छ । पहिलो हार बेहोरेको कोलम्बिया दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा जित निकालेको ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भेनेजुएलाका एडसन क्यास्टिलो र रोनाल्ड हर्नान्डेजले एक÷एक गोल गरेका थिए । यस्तै इक्वेडरका इडुअर प्रिसिडो र गोन्जालो प्लाटाले एक÷एक गोल फर्काए ।
बराबरीसँगै चौथो स्थानको भेनेजुएलाले तीन खेलबाट दुई अंक जोडेको छ । पुछारमा रहेको इक्वेडरले दुई खेलमा एक अंक मात्रै जोड्न सकेको छ ।
Previous Article
आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Next Article

नेपालमाला
