काठमाडौं : आइतबारदेखि पोल्यान्डमा आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिप सुरु भएको छ । अप्रिल २३ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका दुई बक्सरले प्रतिस्पर्धा गर्दै छन् ।
पोल्यान्डको आयोजनामा जारी च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ र सुमिना खड्काले प्रतिस्पर्धा गर्दै छन् । सुष्माले महिला ४८ र सुमिनाले महिलाकै ६० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली पोल्यान्ड पुगिसकेको छ । तर, च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शनभन्दा पनि नेपाल बक्सिङ संघका पदाधिकारीको विदेश मोह अहिले चर्चाको विषय बनेको छ ।
वल्र्ड बक्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय बक्सिङ फेडरेसन (आईबा) को प्रत्यक्ष सहभागितामा आयोजना भएको प्रतियोगिता हो । यसर्थ यो प्रतियोगिता संसारभरका बक्सिङ खेलाडीका लागि निकै महत्वपूर्ण मानिन्छ । तर, यो प्रतियोगितामा सहभागी हुनु अगाडि नै नेपाली बक्सिङ भने विवादको घेरामा परेको थियो । छनोट प्रतियोगितामा संघका पदाधिकारीले ‘राम्रालाई भन्दा आफ्नालाई’ महत्व दिएको भन्दै निकै विवाद बढेको थियो । अहिले च्याम्पियनसिपमा सहभागी हुँदा पनि विवादले उग्र रुप लिएको छ ।

वल्र्ड च्याम्पियनसिपजस्तो विश्वस्तरीय प्रतियोगितामा नेपाल एक जना प्रशिक्षक मात्र पठाएको छ । तर, केही काम नै नभएका संघका पदाधिकारी भने दुई जना पोल्यान्ड गएका छन् । अरु खेलभन्दा बक्सिङ खेल निकै भिन्न मानिन्छ । हरेक प्रतिस्पर्धामा खेलाडीलाई विभिन्न निर्देशन दिने मात्र होइन, हरेक राउन्डको बीचमा खेलाडीलाई अर्को राउन्डका लागि तयार गर्ने र उसको शारीरिक थकान कम गर्न विभिन्न प्रक्रिया अपनाउनु पनि प्रशिक्षककै मुख्य जिम्मेवारी हो । ती काम गर्न एक जना प्रशिक्षकले मात्र पुग्दैन । त्यसका लागि दुई÷तीन जना प्रशिक्षक आवश्यक पर्छ । अर्को महत्वपूर्ण कुरा, एकै समयमा भिन्दाभिन्दै रिङमा दुवै खेलाडीको खेल पनि पर्छ सक्ने अवस्था आउँछ । यस्तोमा नेपाल बक्सिङ संघले एकभन्दा बढी प्रशिक्षक पठाउनु पर्ने हो । केही दिनअघि नेपाल माला अनलाइनसँग कुरा गर्दै संघका केन्द्रीय सदस्य तथा प्रवक्ता श्याम अवालेले एक जना मात्रै प्रशिक्षकले नपुग्ने भएकाले आफूहरुले दुई जना प्रशिक्षकलाई पोल्यान्ड पठाउन लागेको दाबी गरेका थिए । तर, अन्तिम समयमा ओम मास्के मात्रै खेलाडी लिएर पोल्यान्ड उडे । प्रवक्ता अवालेले भनेजस्तो अर्को प्रशिक्षक किन पोल्यान्ड जान पाएनन्, त्यसका बारेमा संघले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
संघले प्रशिक्षकभन्दा पनि आफ्ना पदाधिकारीलाई पोल्यान्ड सयर गराउनु नै उत्तम ठानेको देखिएको छ । दुई खेलाडी लिएर प्रशिक्षक ओम मास्के शनिबार नै पोल्यान्ड गएका थिए । आइतबार राति संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी र केन्द्रीय सदस्य श्याम अवाले पोल्यान्डतर्फ लागेका थिए । पोल्यान्डमा उनीहरुको मुख्य उद्देश्य घुमघामभन्दा अरु केही देखिँदैन । पोल्यान्डमा वल्र्ड च्याम्पियनसिप बाहेक आईबाको अरु कुनै कार्यक्रम छैन । त्यसैले उपाध्यक्ष केसी र केन्द्रीय सदस्य अवालेको मुख्य उद्देश्य पोल्यान्ड सयर गर्नु मात्रै हो ।
अहिले युरोपका अधिकांश शहर कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ । धेरै स्थानमा घुमफिरमा प्रतिबन्धसमेत लगाइएको छ । अर्थात अहिले युरोप जानेहरुले धेरै दिन होटलको कोठामै समय बिताउनु पर्ने अवस्था छ । यस्तोमा नेपाल बक्सिङ संघका पदाधिकारीको विदेश मोहलाई भने रहस्यकै रुपमा हेरिएको छ ।
वल्र्ड च्याम्पियनसिपमा पुरुष खेलाडीलाई सहभागिता गराउन बजेटको अभाव देखाउने नेपाल बक्सिङ संघले पदाधिकारीको सयर र मस्तीका लागि कहाँबाट बजेट ल्यायो भन्ने प्रश्न आम बक्सिङप्रेमीले गरेका छन् । पोल्यान्ड गएका पदाधिकारीले आफ्नै खर्चमा गएको दाबी गरे पनि उनीहरु संघकै बजेटमा विदेश सयरमा गएको संघका एक सदस्यले बताए । ‘उनीहरु आफ्नो खर्चमा पोल्यान्ड गएका होइनन्, संघकै खर्च लिएर गएका हुन्’, संघका ती सदस्यले भने, ‘पछिल्लो समय संघभित्र देखिएको ध्रवीकरणलाई मिलाउन पनि छानेर पदाधिकारीलाई विदेश पठाइएको हो ।’
यो पनि पढ्नुस्
खेलाडी छनोटमा बक्सिङ संघको मनोमानी : हारेका खेलाडीलाई जिताउने, जितेकालाई हराउने !
बक्सिङ संघको झिङ्गे दाउ
राम अवालेद्वारा राखेपको निर्देशन पटक पटक उल्लंघन : आर्थिक सहयोगका नाममा दर्जनौं मानिस भेला
नेपाली बक्सिङका ऐजेरु : श्याम अवाले
राम अवालेको अर्को फट्याइँ : पदावधि सकिएको संघमा सदस्य मनोनयन
बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने
अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत
कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा
राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता
कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?
बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय
अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम
बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी
बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार
बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !
बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी
बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप
बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ
बक्सिङ संघको अनियमितता लुकाउन विज्ञप्तिको झटारो
अध्यक्ष अवालेले अनियमितता गरेको समाचार सेयर गरेपछि बक्सिङ संघमा खैलाबैला (फलोअप)

नेपालमाला
