एड्भेन्चर रनिङ महासंघमा एकेन्द्र कुँवर
काठमाडौं : नेपाल एड्भेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । महासंघको सोमबार भएको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्यसमेत रहेका कुँवरको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, उपाध्यक्षमा मीरा राई, जगन्नाथ तिमल्सिना, मनबहादुर खत्री र होमलाल…
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका…
दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति
पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला…