आफैसँग विवाह आफैसँग तलाक

रियो दी जेनेरियो : ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैसँग विवाह गरेकी थिइन् । अहिले भने आफैसँग पारपाचुके गरेकी छन् । गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिस गलेराले आफैसँग विवाह गरेकी थिइन् । तर, अहिले भने उनले पारपाचुके गरेकी छन् । ‘म पुरुषहरुसँग भरोसा गर्दागर्दै थाकिसकेकी थिएँ । आफूलाई योग्य पुरुष पनि धेरै खोजें’, उनले भनेकी थिएन्, ‘त्यही कारण आफैसँग विवाह गर्ने निर्णय गरेको थिएँ ।’
उनले विवाहपछि निकै खुसी रहेको र आफूलाई एक्लो महसुस नभएको बताएकी थिइन् । ‘विवाहपछि म निकै खुसी थिएँ । मलाई कुनै चिजको पनि कमी महसुस भएन । मेरो कोही जीवन साथी भएन भनेर चिन्ता पनि लागेन’, उनले भनेकी थिइन् । गलेराले पारपाचुके गर्नुको पछाडिको कारण हो, उनको जीवनमा पुरुषको प्रवेश । पहिले विवाहका लागि राम्रो पुरुष पाइनँ भन्ने गलेराले अहिले भने आफूलाई मन परेको पुरुष पाएकी छन् ।
‘मैले ९० दिनसम्म आफैसँग रोमान्स गरें । तर, अब मेरो जीवनमा पुरुषको प्रवेश भएको छ’, उनले भनिन्, ‘अब उनीसँगै सम्बन्ध गाँस्ने र जीवनभर पत्नीको भूमिका निभाउने मन छ । ती विशेष मान्छे आएदेखि नै मैले माया र प्रेमको महत्व बुझ्ने मौका पाएको छु ।’
गत सेप्टेम्बरमा गलेराले एक क्याथोलिक चर्चमा विवाह गरेकी थिइन् । विवाह गरेपछि चर्च अगाडि बसेर फोटोसमेत खिचाएकी थिइन् । सेतो पहिरनमा सजिएकी उनले हातमा फूलको बुके लिएर उमंग हाँसो हाँसेकी थिइन् । सामाजिक सञ्जालमा उनको तस्बिरको धेरैले प्रसंशा गरेका थिए भने केहीले मजाक पनि उडाएका थिए । उनले ती कुराको आफूलाई कुनै परवाह नभएको भन्दै आम मानिस र आफ्नो सोच फरक भएको बताएकी थिइन् ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments