कांग्रेसले यसपालि पनि त्यो गरेन, जे गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको धेरै भइसकेको थियो । त्यो भनेको आफ्ना स्थापक तथा विभिन्न कालखण्डमा योगदान गरेका साहसी एवं बलिदानी नेताहरूको आदर र सम्मान पुनस्र्थापित गर्ने निर्णय कार्यान्वयनको सबाल । निर्णय धेरै पटक भए । महाधिवेशन र महासमितिले पारित गरेका निर्णयमा तिनको पालना गर्ने कटिबद्धता पनि व्यक्त भए । तर कार्यान्वयन नास्ती । किन होला ?
यसपालि केन्द्रीय समितिको त्यस्तो निर्णय, दोहो¥याएर जिल्लासम्म पु¥याउने काम भएको पनि हो । पुराना नेताहरूका तस्बिरको खोजतलास पनि गरिएको समाचार पनि सुन्नमा आएको हो । तैपनि कार्यान्वयन हुन सकेनको समाचार भने आएन । केन्द्रीय समितिको परिपत्रको रेकर्ड राख्ने फायलबाट ती परिपत्र हराएकाले हुन् अथवा जिल्ला नेताहरूले नै तिनको पहिचान गर्न नसकेकाले हुन्, तिनको पुनस्र्थापना गर्ने अत्यन्त जरुरी काम सम्पादन हुन सकेन । त्यसले गर्दा कांग्रेसका नयाँ नेताले पुराना नेताको योगदानको अध्ययन गर्ने अवसर गुमाउन पुगे ।
नेपाली कांग्रेसले २००७ सालमा निरंकुश राणाशासनको अन्त्य गरेर प्रजातन्त्र ल्याएको हो । त्यही कारण २०१५ सालमा भएको इतिहासकै पहिलो आमचुनावमा प्रतिनिधिसभामा दुई तिहाइको बहुमत प्रदान गरेर जननिर्वाचित सरकार गठन गर्ने जनादेश प्राप्त गरेको थियो । विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको त्यो सरकारमा सुवर्णशमशेर राणा उपप्रधानमन्त्री, तेस्रो वरीयतामा गणेशमान सिंह र चौथोमा सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो ।
२००३ सालमा बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसमा गणेशमान सिंह दोस्रो वरिष्ठ नेता हुनुहुन्थ्यो । २००५ सालमा जब महेन्द्रविक्रम शाहको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेसको गठन भयो, त्यसको दोस्रो वरिष्ठ नेतामा सूर्यप्रपाद उपाध्याय हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसले २००७ सालमा निरंकुश राणाशासनको अन्त्य गरेर प्रजातन्त्र ल्याएको हो । त्यही कारण २०१५ सालमा भएको इतिहासकै पहिलो आमचुनावमा प्रतिनिधिसभामा दुई तिहाइको बहुमत प्रदान गरेर जननिर्वाचित सरकार गठन गर्ने जनादेश प्राप्त गरेको थियो ।
तर प्रजातन्त्र कांग्रेसको प्रत्यक्ष नेतृत्वमा उनीहरूको नाम मात्र थियो, कामचाहिँ सुवर्णशमशेर र महावीरशमशेरले सम्हालेका थिए । त्यो कुरा, उनीहरूकै कार्यकर्ताले पनि त्यस बेला मात्र थाहा पाए, जब दुबै दल मिलेर नेपाली कांग्रेसको घोषणा भयो । त्यो ऐतिहासिक घोषणा, महावीरशमशेरको कलकत्ता, चौरंगीस्थित टाइगर सिनेमा हलमा आयोजित एकता सम्मेलनमा भएको थियो । त्यसै दिनदेखि सुवर्णशमशेर राणा, नेपालबाट राणाशासनको अन्त्यका लागि चलिरहेको प्रजातान्त्रिक आन्दोलनमा सार्वजनिक रूपमा सामेल हुनु भएको थियो ।