काठमाडौं : २०१९ को क्रिसमसमा ‘सान्टा क्लज’ लाई चिनियाँ सहरमा स्वागत छैन् । चीनमा स्थानीय अधिकारीले यस वर्ष क्रिसमसका सबै चीजहरुमा प्रतिबन्ध लगाएका छन्। स्थानीय अधिकारीहरुले जारी गरेको सूचनाअनुसार, सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित गराउनु पर्नेछ । क्रिसमससम्बन्धी कुनै सामाग्री बेच्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।
यसलाई चिनियाँ राष्ट्रपति सिन चिन फिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाई अभियानको रुपमा हेरिएको छ । क्रिसमसलाई स्थिरता कायम राख्ने नाममा र सामाजिक अशान्तिलाई हटाउने नाममा प्रतिबन्ध लगाइएको हो । जुन चिनियाँ सरकारको लागि ठूलो महत्वको विषय हो ।
संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा इसाइ धर्म मान्नेको संख्या ५ प्रतिशत मात्र छ । तर त्यसले गैर इसाइलाई रमाइलो गर्न र पैसा खर्च गर्न रोक्दैन । भोज, किनमेल, नाचगान र काराओके गाउँदै चीनमा क्रिसमस मनाउने चलन छ । चिनियाँहरुले आफ्नै क्रिसमसको परम्परा पनि आविष्कार गरेका छन् । क्रिसमस इभमा स्याउ खाने गर्छन्, जसले शुभ साइतको संके गर्छ ।
हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको छ । साथै गत वर्ष डिसेम्बरमा हुनान प्रान्तको युनिभर्सिटी अफ दक्षिण चीनको कम्युनिस्ट पार्टी युथ लीगका सदस्यलाई आचार संहितामा हस्ताक्षर गर्न भनिएको थियो । जसमा उनीहरुले क्रिसमससँग सम्बन्धीत समारोमा भाग नलिनू लेखिएको थियो ।
लाङफाङका अधिकारीले जारी गरेको सूचनाअनुसार, क्रिसमस सम्बन्धीत सामग्रीहरु जस्तै क्रिसमस ट्री, टोपी, पुष्पहार, मोजा र सान्टा क्लज बेच्ने र किन्ने दुबैलाई सजाय हुनेछ ।
एम्नेस्टी इन्टरनेशनलका चीनका अन्वेषक पैट्रिक पुनले एक अन्तवार्तामा भनेका थिए कि चर्चमा हालसालै छापा मारेको थियो । जसले इसाइप्रति सरकारको दृष्टिकोण झल्काएको छ । साथै हेबिइका अधिकारीले उठाएको कदम सम्भवत बेइजिङलाई प्रभावित गर्ने उद्देश्यले गरिएको थियो।