खेल Archives | Page 50 of 62 | नेपालमाला

 

सिपिएल खेल्न सन्दीप उत्साहित

काठमाडौँ : विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर प¥यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू ग¥यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि…

बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

काठमाडौं : नेपाल बक्सिङ संघ, संघभन्दा पनि परिवारिक अखडा भएको महसुस पछिल्लो समय बक्सिङप्रेमीले गर्दै आएका छन् । कुनै पनि काम गर्न न पदाधिकारीको बैठक बस्नु पर्छ न छलफल र माइन्युटमा लेख्नु नै आवश्यक ठहर्छ । अवाले दाजुभाइको सनकका भरमा…

सिलवाल नै सदस्यसचिव

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाललाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले सिलवालसहित तीन जनाको नाम…

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

काठमाडौँ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री…

गणेशमान सिंह बक्सिङ यस वर्ष नहुने

काठमाडौं :  नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ यस वर्ष नहुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता…

खेलकूदलाई प्राथमिकतामा राख्न कर्मचारी सङ्घको आग्रह

काठमाडौँ : खेलकूदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकूद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकूदको आवश्यकता र महत्व क्रमिकरुपमा बढ्दै गएकाले तीनवटै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने सङ्घको माग…

वीरमानका परिवारलाई आर्थिक सहयोग

काठमाडौं : उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइबाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार वीरमानको घर काभ्रेमै पुगेर परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल…

सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडौँ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी…

राष्ट्रिय खेलकुद परिषदमा ढकाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उनी मन्त्रालयअन्तर्गत खेलकुद विभाग महाशाखाका प्रमुख पनि हुन् । नयाँ खेलकुद विकास ऐन गत…

अनलाइन करातेमा नेपाललाई चार स्वर्ण

काठमाडौं : नेपालले आईएसकेयु इन्टरनेसनल अनलाइन काता च्याम्पियनसिपमा नेपालले चार स्वर्ण पदक जितेको छ । चन्द्रागिरी–९ नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेटमा स्वर्ण जितिन् । उनले श्रीलंकाकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरिन्् । यसैगरी सात वर्षमुनिको स्पर्धामा भारतका…

क्यानद्वारा समिति विस्तार

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट…

वीरमानप्रति श्रद्धाञ्जलि 

काठमाडौं  : उसु खेलाडी वीरमान वाइबालाई सोमबार अन्तिम श्रद्धाञ्जलि दिइएको छ । आइतबार निधन भएको वीरमानको पार्थिव शरीर सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राखिएको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्यसचिव…

पूर्व सदस्यसचिव सिंहको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको  छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् । सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व.…

बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

काठमाडौं : नेपालका अधिकांश खेल संघहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अधिनमा रहन्छ । राखेपको विधिविधान र ऐननियम अनुसार सञ्चालन हुने गर्दछ । अधिकांश संघ राखेपकै विधान अनुरुप सञ्चालन हुँदै आएका छन् । राखेपमा दर्ता भएका पुराना संघमध्ये नेपाल बक्सिङ संघ…

बायर्न म्युनिखलाई बुन्डेसलिगा

बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिग उपाधि जितेको हो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन…

बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

काठमाडौं : नेपाल बक्सिङ संघ विवादको भूमरीमा परेको लामो समय भइसकेको छ । चार वर्षअघि राम अवाले अध्यक्षमा निर्वाचित भएदेखि नै संघभित्र विवाद हुँदै आएको छ । अवालेले विधान विपरीत आफूखुसी काम गरेको र संघलाई पारिवारिक हिसावमा चलाएको भन्दै पदाधिकारीले…

मुक्केबाज एन्थोनीको आक्रोश : रंगभेदी व्यवहार कोरोनाभन्दा ठुलो महामारी हो 

लन्डन : चर्चित ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले रंगभेदी व्यवहारप्रति कडा टिप्पणी गरेका छन् । ३० वर्षीय बक्सर जोसुआले रंगभेदी व्यवहारलाई कोरोना भाइरसभन्दा पनि खतरनाक महामारीको संज्ञा दिएका छन् । हालै अमेरिकामा भएको काला जातिका नागरिक जर्ज फ्लोयडको हत्याको विरोधप्रति ऐक्यबद्धता…