अनलाइन करातेमा नेपाललाई चार स्वर्ण

काठमाडौं : नेपालले आईएसकेयु इन्टरनेसनल अनलाइन काता च्याम्पियनसिपमा नेपालले चार स्वर्ण पदक जितेको छ ।
चन्द्रागिरी–९ नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेटमा स्वर्ण जितिन् । उनले श्रीलंकाकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरिन्् । यसैगरी सात वर्षमुनिको स्पर्धामा भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्तीमगर, आठ वर्षमुनिको स्पर्धामा सत्कार घर्तीमगर र छात्रा १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले स्वर्ण जितिन् ।

इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आईएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीले तीन रजत पदक पनि जित्न सफल भए । पुरुष क्याडेटतर्फ मनिष कार्की, छात्रा नौ वर्षमुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्षमुनिको समूहमा सिर्जना महताराले रजत प्राप्त गरे ।

च्याम्पियनसिपमा नौ वर्षमुनिको छात्र स्पर्धामा मुकेश खड्का, १० वर्षमुनि ओन्तो घर्तीमगर र १३ वर्षमुनिको स्पर्धामा अमृत थोकरले कांस्य जिते ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments