
बायर्न म्युनिखलाई बुन्डेसलिगा
बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिग उपाधि जितेको हो ।
यसअघि सन् २०१६–१७ को सिजनमा आर्सनलमा रहेका फरवार्ड पियरिक ईम्रिक अबुमियाङले बोरुसिया डर्टमण्डबाट ३१ गोल गरेका थिए ।
लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । बायर्नले दुई खेल बाँकी छदै लिग उपाधि उचाल्न सफल रह्यो ।
बायर्नले गत सिजन समेत अन्तिम दिनमात्र लिग उपाधि उचालेको थियो । उसले घरेलु मैदान एलिनाज एरिनामा ७५ हजार दर्शक सामु जित सहित उपाधि उचालेको थियो । तर मंगलबार बायर्नले दर्शक बिहिन रंगशालामा लिग उपाधि आफ्नो पक्षमा पार्यो । कोरोना भाईरसको महामारीको कारण मैदानमा दर्शक उपस्थित थिएनन् ।
बायर्नले सन् २०१३ देखि बुन्डेसलिगामा लगातार जित निकाल्दै आईरहेको छ । बायर्नले तीन खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग १० अंकको स्पष्ट अग्रता कायम गर्यो ।
शीर्ष स्थानको बायर्नको ७६ अंक रह्यो । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।