वीरमानका परिवारलाई आर्थिक सहयोग

काठमाडौं : उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइबाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार वीरमानको घर काभ्रेमै पुगेर परिवारलाई हस्तान्तरण गरिएको हो ।

महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पाछिरिङ शेर्पाले स्वर्गीय वाइबाका परिवारलाई हस्तान्तरण गरेका थिए ।

संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै अहिलेको असहज परिस्थितिमा पनि सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपाली खेलकुदले निकै प्रतिभावान् खेलाडी गुमाएको बताए ।

स्वर्गीय वाइबाका दाजु किसन वाइबाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष लानम लामा र काभ्रे जिल्ला अध्यक्ष नारायण गिरीलगायतको उपस्थिति रहेको थियो । वीरमानको २०७७ असार १४ गते अल्पआयुमै निधन भएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments