राष्ट्रिय खेलकुद परिषदमा ढकाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उनी मन्त्रालयअन्तर्गत खेलकुद विभाग महाशाखाका प्रमुख पनि हुन् ।

नयाँ खेलकुद विकास ऐन गत बिहीबारबाट लागू भएसँगै राखेपको सदस्यसचिव पद रिक्त रहेको छ । मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

नयाँ ऐन लागू भएसँगै राखेपका सदस्यसचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । नयाँ ऐनमा सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

ऐनमा योग्यता पूरा भएका व्यक्तिबाट सदस्यसचिवको नियुक्तिको लागि एक जना महिलासहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले तीन जनाको प्रस्तावलाई मन्त्री परिषद्मा पेस गर्ने र त्यसमध्ये एक जनालाई सदस्यसचिव नियुक्त गर्नेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments