गणेशमान सिंह बक्सिङ यस वर्ष नहुने

काठमाडौं :  नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ यस वर्ष नहुने भएको छ ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
‘कोरोना भाइरसको महामारी र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द गरिएको छ’, प्रतियोगिता संयोजक सञ्जीव तुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो वर्षका विजेतालाई पुरस्कार प्रदान गरिँदै ।

नेपाली बक्सिङकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गरिने तय भएको थियो । केन्द्रीय प्रतियोगिताका लागि विभिन्न प्रदेशको छनोट प्रतियोगिता पनि सम्पन्न गरेको थियो । गत फागुनमै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको छनोट गरिसकेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलामा ६ गरी १४ तौल समूहमा प्रतिस्पर्धा गर्न लागिएको थियो । हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय नगद पुरस्कार प्रदान गरिन लागिएको थियो । यस्तै प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments