काठमाडौं : उसु खेलाडी वीरमान वाइबालाई सोमबार अन्तिम श्रद्धाञ्जलि दिइएको छ । आइतबार निधन भएको वीरमानको पार्थिव शरीर सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राखिएको थियो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षक र पदाधिकारीलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो अवसरमा नेपाली सेनाले श्रद्धाञ्जलि सभामा अन्तिम सलामी दिएको थियो । वीरमान नेपाली सेनामा आबद्ध थिए ।
वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । २०५० सालमा जन्मिएका वीरमान उसु खेल्नुअघि क्योकुसिन कराँतेका खेलाडी थिए । उनको सोमबार नै स्वयम्भूमा अन्त्येष्टि गरिएको छ ।

नेपालमाला
