खेल Archives | Page 27 of 62 | नेपालमाला

 

नेपालकी पलेशा पहिलो खेलमै पराजित

काठमाडौं : जापानमा आयोजना भइरहेको टोकियो पारा ओलम्पिकमा नेपालकी एक्ली सहभागी तेक्वान्दो खेलाडी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको प्रिक्वार्टरफाइनलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदकको निकै आशा गरिएकी उनी सुरुमै…

मैत्रीपूर्ण फुटबल : भारतसँग रोकियो नेपाल

काठमाडौं : नेपाल चिरप्रतिद्वन्द्वी भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल भारतसँग १–१ गोलको बराबरीमा रोकिएको हो । नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो । घरेलु दर्शकको राम्रो साथ…

भारतविरुद्ध सुखद् नतिजाको अपेक्षा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयपछि भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले घरेलु मैदानमा आज भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले साफ फुटबलको तयारीस्वरुप भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । आज हुने नेपाल…

‘नेपालले जित्नका लागि खेल्छ’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार हुने भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन् । बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध हार वा बराबरीका लागि नभई नेपालले जित्नका लागि खेल्ने बताएका हुन्…

सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

काठमाडौं : टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र…

अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा खेल पत्रकारलाई प्रशिक्षण

काठमाडौं : अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा काठमाडौं जिल्ला बक्सिङ संघले शुक्रबार खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिएको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई वरिष्ठ प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक…

एन्फा विवाद : ‘आफ्नो विवाद आफै मिलाउ’

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका विदेशी प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधानका लागि गठित छानविन समितिले एन्फाभित्रको विवाद आफै समाधान गर्न निर्देशन दिनुपर्ने सुझाव दिएको छ । दुई हप्ता लगाएर…

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)  खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम…

उसुको साधारणसभा सम्पन्न

काठमाडौं : नेपाल उसु महासंघको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले २०७६ भदौ २२ मा केशवकुमार विष्टले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गरेको छ । विष्टले राजीनामा दिएपछि उसु महासंघको अध्यक्षको जिम्मेवारी वीरबहादुर तामाङले सम्हाल्दै आएका…

फुल कन्ट्याक्ट करातेको प्रमुख प्रशिक्षकमा तुलाधर

काठमाडौं : नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकमा राजु तुलाधर नियुक्त भएका छन् । फुल कन्ट्याक्ट करातेका पुराना खेलाडीसमेत रहेका तुलाधरलाई महासंघले शुक्रबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यसैगरी महासंघले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुष्पलाल रोकाया (ज्वाला) लाई नियुक्त…

कुलमान घिसिङलाई एटेमी करातेको बधाइ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल एटेमी क्योकुसिन कराते संघले बधाइ ज्ञापन गरेको छ । सोमबार बिहान संघका पदाधिकारीले कुलमान घिसिङको निवासमै पुगेर उनलाई बधाइ दिएका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च…

खोटाङ तेक्वान्दोमा राई

काठमाडौं : नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति खोटाङको अध्यक्षमा अनिलकुमार राई निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मण राई, सचिवमा नवीन सुनुवार र कोषाध्यक्षमा गोपाल…

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्न्यास

काठमाडौं : राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन्…

हिटबाटै बाहिरिन गौरिका

काठमाडौं : टोकियो ओलम्पिकमा निकै आशा गरिएकी जलपरी गौरिका सिंह पनि हिट चरणबाटै बाहिरिएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबार भएको पौडीको महिला एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि गौरिका हिट चरणबाटै बाहिरिएकी हुन् । हिट…

टोकियो ओलम्पिक: सोनिया पहिलो चरणमै पराजित

काठमाडौं : टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पनि पहिलो खेलमै पराजित भएकी छन् । शनिबार भएको महिला ४८ केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व…

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं : सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिकअन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ओसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी…

टोकियो ओलम्पिकको भब्य शुभारम्भ

काठमाडौं : ३२औं गृष्मकालिन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए…