काठमाडौं : नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति खोटाङको अध्यक्षमा अनिलकुमार राई निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मण राई, सचिवमा नवीन सुनुवार र कोषाध्यक्षमा गोपाल तामाङ निर्विरोध निर्वाचित भए । यसैगरी सदस्यहरुमा मोहन राई, निशान राई, मञ्जु राई, उमेश बस्नेत र यामबहादुर बस्नेत चयन भए ।
खोटाङको बाक्सिलामा भएको अधिवेशनमा केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, पृथ्वी माविका प्रनाध्यापक रणबहादुर राई, सगरमाथा सप्तेश्वर तेक्वान्दो डोजाङका अध्यक्ष दीपेन्द्रकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दोका सहायक प्रशिक्षक अर्जुनभक्त राई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले खोटाङमा प्रमुख खेलमा तेक्वान्दो रहेको भन्दै यसको विकास र विस्तारका साथै योग्य खेलाडी उत्पादनका लागि गाउँपालिकाले सँदो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपालमाला
