काठमाडौं : जापानमा आयोजना भइरहेको टोकियो पारा ओलम्पिकमा नेपालकी एक्ली सहभागी तेक्वान्दो खेलाडी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
शुक्रबार बिहान भएको प्रिक्वार्टरफाइनलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदकको निकै आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्द्वीसँग पर्दा पराजित भएकी हुन्
के–४४ विधाअन्तर्गत ५८ केजी तौल समूहमुनिको खेलमा पलेशा बेथसँग २१–८ ले पराजित भइन् । पहिलो राउन्डमा पलेशा ६–२ र दोस्रो राउन्डमा ८–२ ले पछि परिन् । तेस्रो राउन्डमा केही सुधार गरेपनि ७–४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् ।

Previous Article