खेल Archives | Page 23 of 62 | नेपालमाला

 

न्युरोडमा पनि खुल्यो एडिडासको सोरुम

काठमाडौं : विश्व चर्चित खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामग्री तथा पोशाक बिक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक…

राष्ट्रिय महिला टोलीमा कैची : पुराना खेलाडीको बहिर्गमन

काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघले सामाजिक सञ्जालमार्फत बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ । संघले पहिलो चरणमा ५ खेलाडीलाई बाहिर राख्दै १५ सदस्सीय टोली छनोट…

ए डिभिजन लिग : पुलिसको पहिलो जित

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसलाई जित दिलाउन…

सञ्जीव नेपाली निजगढमा सम्मानित

काठमाडौं : नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा निर्णायक सञ्जीव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सञ्जीवलाई सम्मान…

नेपालको लगातार दोस्रोे जित

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकप एसिया छनोटको खेलमा नेपालले दोस्रो जित निकालेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बिहीबार भएको खेलमा नेपालले कुवेतलाई नौ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । दुबईको आईसीसी एकेडेमी मैदानमा…

नेपालको सहज जित

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकपकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६२ रनको मध्यम लक्ष्य नेपालले…

भुटानविरुद्ध खेल्दै नेपाली महिला टोली

काठमाडौं : पहिलो खेलमा हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायर यात्रा कठिन बनेको नेपाली महिला क्रिकेट टोलीले आज आईसीसी टीट्वेन्टी विश्वकपको एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध खेल्दैछ । ६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको…

ए डिभिजन लिग : मच्छिन्द्रको सुखद् सुरुवात

काठमाडौं : साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सुखद् सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई जित…

महिला टीट्वेन्टी विश्वकप एसिया छनोट : नेपाल र हङकङ भिड्दै

काठमाडौं : यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ । ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार बिहान ११…

‘ए’ डिभिजन लिग फुटबल : थ्रीस्टारको सुखद् सुरुवात

काठमाडौं : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई ३–० गोलले पराजित गर्दै थ्रीस्टारले सानदार सुरुवात गरेको हो । थ्रीस्टारको जितमा निशान खड्का, राफेल बिडियास…

सातदोबाटोसँग फ्रेन्ड्सको बराबरी

काठमाडौं : फ्रेन्ड्स क्लब नव प्रवेशी सातदोबाटोसँग सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन् । दुवै टोलीले पाएका…

ए डिभिजन लिग आजदेखि : सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र…

नेपालको क्लिन स्विप

काठमाडौं : कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला नेपालले क्लिन स्विप गरेको छ । बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई एक सय नौ रनले पराजित गर्दै नेपालले शृंखला ३–० ले क्लिन स्विप गरेको हो । यसअधि मंगलबार भएको पहिलो…

अस्ट्रेलिया टीट्वेन्टी विश्वकप च्याम्पियन

दुबई : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डले दिएको एक सय ७३…

अटेरी राखेप बोर्ड सदस्यसँग स्पष्टिकरण

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् । मन्त्रालय स्रोतका…

पलेसा र कविराज सम्मानित

काठमाडौं : पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेसा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन…

बक्सिङसँग प्रकाश दाहालको साइनो खोजी : केही व्यक्तिको अभिष्ठ पूरा गर्न सिंगो संघ बन्धक बनेको आरोप

काठमाडौं : नेपालीमा एउटा उखान छ, ‘गोरु बेचेको साइनो’ । यही उखानलाई नेपाली खेलकुदमा चरितार्थ गर्ने काम गरेको छ, नेपाल बक्सिङ संघले । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको नेपाली बक्सिङसँग न कुनै साइनो थियो न…