काठमाडौं : साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै…
एटेमी करातेको बेल्ट टेस्ट सम्पन्न
काठमाडौं : नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए । बेल्ट…
ए डिभिजन लिग : मच्छिन्द्र शीर्ष स्थानमा
काठमाडौं : मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आठ पटकको विजेता…
मच्छिन्द्रविरुद्ध मनाङ : ए डिभिजन लिगको हेभिवेट भिडन्त आज
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई ठूला क्लब मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दैछन् । मनाङ सर्वाधिक ८ पटकको लिग विजेता टिम हो । जारी सिजन पाँचौ चरणसम्मको खेलपछि मनाङ शीर्ष स्थानमा छ । छैटौं…
एसियन सेन्ट्रल जोन भलिबल : नेपालको सुखद सुरुआत
काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपमा नेपालले सुखद् सुरुवात गरेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको रोमाञ्चक खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद् सुरुवात गरेको हो । साविक विजेतासमेत रहेको नेपालले सुरुवाती दुई…
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनमा विवाद : स्टाटस लेखेको विषयमा खेलाडीलाई कोर्टबाटै तानेर केरकार
काठमाडौं : काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनमा निकै ठूलो विवाद भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले खेलाडीले पाउनुपर्ने कुनै पनि सेवा सुविधा नदिएपछि खेलाडीहरु आक्रोसित बनेका थिए । त्यही कुरा एक खेलाडीले सामाजिक सञ्जालमा लेखेका थिए । च्याम्पियनसिपको विरोधमा…
आरडब्लू विन्टर स्लाम पुस १७ मा
काठमाडौं : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठको चुनिखेल मैदानमा हुने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने छ…
सेन्ट्रल जोन भलिबल : नेपालको प्रतिद्वन्द्वी श्रीलंका
काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो खेलमा बिहीबार श्रीलंकाको सामना गर्ने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालले बिहीबारबाट सुरु हुने सेन्ट्रल जोनको पहिलो खेलमै बलियो…
तेक्वान्दो संघ प्रदेश १ मा विष्ट
काठमाडौं : नेपाल तेक्वान्दो संघ प्रदेश १ को अध्यक्षमा शैलेसकुमार विष्ट निर्वाचित भएका छन् । संघको हालै इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट विष्ट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा शिवराज दाहाल र हिमाल गुरुङ, महासचिवमा गोपाल राई, सचिवमा सोमनाथ…
पुम्से निर्णायक उपसमितिमा सिवाकोटी, जुनियर टिम तयारीमा लामा
काठमाडौं : नेपाल तेक्वान्दो संघले आफ्नो काम कारवाहीलाई चुस्त र दुरुस्त बनाउन संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पिएको छ । संघको हालै सम्पन्न बैठकले विभिन्न समितिहरुमा अध्यक्ष, उपाध्यक्ष र सल्लाहकार रहने व्यवस्था गरेको छ । यसैगरी उपसमितिमा केन्द्रीय…
सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र र संकटा बराबरी
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र र संकटा क्लबले बराबरी खलेका छन् । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र संकटाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मछिन्द्रलाई लिगमा तीन अंकको अग्रता र संकटालाई लिगको शीर्ष…
कारवाहीको निर्णय पुनर्विचार गर्न क्यानलाई खेलाडीको आग्रह
काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन…
रमेशकुमार सिलवाल बिहीबारदेखि राखेप फर्किने
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बुधबार सिलवाललाई पुनर्बहाली गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले…
ज्ञानेन्द्रको कप्तानी खोसियो
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी युवा बलर सन्दीप लामिछानेलाई दिने निर्णय…
ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल सुरु हुँदै
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदैछन् । मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल ४:४५ मा सुरु हुनेछ…
पलेसाले जितिन् ऐतिहासिक स्वर्ण
काठमाडौं : बहराइनको मानमामा आयोजना भएको एसियन युथ पारा गेम्समा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले स्वर्ण पदक जितेकी छन् । के–४४ विधाको ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेसाले फाइनलमा इरानी खेलाडी इब्राहिमी रोजालाई ६–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्…
मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन
हेटौडा : मकवानपुर जिल्ला हक्की संघले नयाँ कार्यसमिति चयन गरेको छ । शनीवार सम्पन्न भएको अधिवेसनले प्रताप सिंह क्षेत्रीको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको छ । समितिले १ सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ । संघको प्रथम उपाध्यक्षमा शनत कुमार…
