काठमाडौं : विश्व चर्चित खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामग्री तथा पोशाक बिक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले आफ्नो छैटौं शाखाको रुपमा न्युरोडबाट बिक्री सुरु गरेको हो ।
यसअघि रुट्स फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलीसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामग्री तथा पोसाक बिक्री गर्दै आएको थियो ।
सन् २००१ देखि सञ्चालनमा आएको रुट्स फेसन प्रालिले राजधानीका मुख्य व्यापारिक केन्द्रबाट एसिडाडसको विश्वस्तरिय उत्पादन नेपाली खेलकुद पारखीहरुका माझ निरन्तर पु¥याउँदै आएको छ ।
विश्व खेलकुद जगतमै एलिट ब्रान्डका रुपमा स्थापित एडिडासले आफ्नो सुरुआती कालदेखि नै नेपाली खेलकुद जगतको विकास र विस्तारमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधैं सहयोग गर्दै आएको एडिडास नेपालका अध्यक्ष सञ्जीव तुलाधरले जानकारी दिए ।
नेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्रीस्टार क्लब, एथलेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडीलगायतलाई एडिडास नेपालले प्रायोजन गरिसकेको छ । एडिडास नेपालका अध्यक्ष तुलाधरले आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
‘हाम्रो देशको मुख्य व्यापारिक केन्द्र न्युरोडमा हामीले एडिडासको शाखा विस्तारका लागि विगत चाार पाँच वर्षदेखि नै उपयुक्त स्थान खोजिरहेका थियौं’, एडिडास नेपालका अध्यक्ष तुलाधरले भने, ‘सबै नेपालीको पहुँचमा एडिडासका खेलकुद सामग्री र पोसाक पुगोस् भन्ने मुख्य उद्देश्यका साथ हामीले नयाँ शाखा सञ्चालनमा ल्याएका हौं ।’
Previous Article
राष्ट्रिय महिला टोलीमा कैची : पुराना खेलाडीको बहिर्गमन
Next Article

नेपालमाला
