भुटानविरुद्ध खेल्दै नेपाली महिला टोली

काठमाडौं : पहिलो खेलमा हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायर यात्रा कठिन बनेको नेपाली महिला क्रिकेट टोलीले आज आईसीसी टीट्वेन्टी विश्वकपको एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध खेल्दैछ ।

६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको हो । नेपालले अब सबै जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ ।

नेपालले हङकङविरुद्ध जुन मैदानमा खेलेको थियो । भुटानविरुद्ध पनि त्यही मैदानमा खेल्नेछ । नेपालले दुबईस्थित आईसीसी एकेडेमीको ग्राउण्ड दुईमा खेल्नेछ ।

हङकङविरुद्ध टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले तीन विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य हङकङले चार विकेट गुमाएर दुई ओभर अगावै पूरा गरिदिएको थियो । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments