विशेष Archives | Page 231 of 242 | नेपालमाला

 

अत्यावश्यक बाहेकका सेवा बन्द गरौं : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको…

प्रधानमन्त्रीको सम्बोधन : चैत १० देखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने घोषणा गरेका हुन् । चैत १०…

निर्भयाका बलात्कारीलाई एकाबिहानै फाँसी

काठमाडौं : बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका चार दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले…

चिडियाखाना पनि बन्द

काठमाडौ : विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द…

विश्वविद्यालयका परीक्षा पनि स्थगित

काठमाडौं : सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि…

एसईई परीक्षा अनिश्चित कालका लागि स्थगित

काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि…

शुक्रबारबाट पर्यटक आगामनमा रोक

काठमाडौं : कोरोना भाइरसले संसारभर आतंक फैलाएपछि सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमण, रोकथाम…

नैकापमा युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, नैकापमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । सडक किनारमा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नैकाप तीनथानाको सडक किनारामा…

एसईई निर्धारित मितिमै

काठमाडौं : सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकोले एसईई परीक्षा नसर्ने बताएका हुन् । चैत ६ देखि १७ सम्म हुने परीक्षामा देशभरका…

सिटौला समूहको सक्रियता : विवाद मिलाउन कि भागबण्डा गर्न

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन आउन एक वर्ष बाँकी छ । महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच टकराव सुरु भएको छ । पार्टीमा कब्जा जमाउन देउवा र पौडेल पक्ष खुलेरै…

पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रे : सोमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको छ ।  स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश…

टोकियो ओलम्पिक : नेपालका १५ खेलाडी सिफारिस

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकमा नेपालबाट नौ खेलमा १५ जना खेलाडीलाई वाइल्ड कार्डका लागि प्रस्ताव गरेको छ। वाइल्ड कार्डमार्फत दुई खेलमा तीन जना खेलाडीको सहभागिता भने पक्का भइसकेको छ। यसपटक पौडीमा दुई जना र एथलेटिक्समा एक जनाको सहभागिता…

नदीको पानी पवित्र बनाउन पूजापाठ

दार्चुला : कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष…

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

कास्की : ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल…

हवाई क्षेत्रमा कोरोना प्रभाव

काठमाडौं : पर्यटक आवागमनमा कमी आएसँगै मुलुकको आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बन्न पुगेको छ । आगामी वैशाखसम्म सबै अनअराइभल भिसामा कटौती गरेसँगै हवाई क्षेत्रमा यात्रुको चापमा करिब ५० प्रतिशतले नै कमी आएको वायुसेवा सञ्चालकले बताएका छन् । पछिल्लो…

रेडक्रसको भ्रष्टाचार संसद पुग्यो

काठमाडौ : नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर…

कोरोनाको कहर शान्ति मिसनमा पनि

काठमाडौं : कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ । राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ । नेपाली…