काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरे पनि बुधबार अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यसैगरी सरकारले कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक कामका बाहेक आवतजावत गर्न रोक लगाएको छ । बुधबार बसेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक बाहेक अन्य हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार अब सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने भएको छ । यसैगरी सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारको निर्णयपछि यस्ता क्रियाकलाप गरेमा त्यसको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बताइएको छ ।
Previous Article
शुक्रबारबाट पर्यटक आगामनमा रोक
Next Article