प्रधानमन्त्रीको सम्बोधन : चैत १० देखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने घोषणा गरेका हुन् ।

चैत १० गतेदेखि लामो दुरीमा चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो ।

यसैगरी सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन् ।

ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments