नैकापमा युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, नैकापमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । सडक किनारमा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नैकाप तीनथानाको सडक किनारामा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटले किशोरी बलात्कारमा संलग्न तीन जनालाई तत्काल नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments