विशेष Archives | Page 225 of 242 | नेपालमाला

 

विमानस्थलका सुब्बाको दुई करोड अकुत

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक…

कोरोना परीक्षणलाई ब्यापकता बनाइने, लकडाउन नमान्नेलाई एक महिना कैद

काठमाडौँ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि…

कोरोना संक्रमितको गोपनीयता नखुलाउनु : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति…

सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९  पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।  र्‍यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए। बुधबार बिहानदेखि  स्वास्थ्य सेवा…

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु

काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै…

कोरियामा आज निर्वाचन : सङ्क्रमितलाई पनि मतदानको व्यवस्था   

सोल : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित…

कोरोनाबाट एक लाख २६ हजार ६०० जनाको मृत्यु

जेनेभा : कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या एक लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण बुधबार बिहानसम्म एक लाख २६ हजार ६०० जनाको ज्यान गइसकेको छ । अहिले पनि १३ लाख ९२ हजार ७४९ कोरोना…

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० रुपैयाँ दिने

कास्की : गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको…

लकडाउन अब बैशाख १५ सम्म

काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत तीन सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । अब मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।…

सनसिटीमा बस्ने सबैको कोरोना परीक्षण सुरु

काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैको कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ । उक्त अपार्टमेन्टको १५औं तल्लामा बस्दै आएका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने अन्य व्यक्तिहरुको पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या…

सनसिटीका तीनमध्ये दुईमा कोरोना पोजेटिभ

काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका  उनीहरुको र्‍यापिड…

भारतमा लकडाउन ३ मेसम्म लम्बियो, सबै मिलेर कोरोना परास्त गर्न प्रधानमन्त्री मोदीको आग्रह

नयाँदिल्ली : भारतमा कोरोना भाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउन फेरि मे ३ सम्म लम्बिएको छ । मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै लकडाउन मे ३ तारिखसम्म लम्ब्याउने घोषणा गरेका हुन् । यसअघि घोषणा…

कोरोना भाइरसलाई भ्याक्सिनले मात्र रोक्न सक्छ : डब्लुएचओ

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लु भन्दा दश…

सनसीटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंका, अपार्टमेन्ट प्रहरी नियन्त्रणमा

काठमाडौं : काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसीटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ। केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ। अहिले त्यहाँ ठूलो संख्यामा…

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं : नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । । सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्रमण देखिएको जानकारी दिए । रौतहटको क्वारेन्टाइनमा रहेका १९…

महामारीलाई साहसका साथ पार लगाइने छ  : प्रधानमन्त्री 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा आज बिहान सन्देश दिँदै उहाँले देशभित्र र बाहिर…

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ । नयाँ वर्ष विसं २०७७…