सनसिटीका तीनमध्ये दुईमा कोरोना पोजेटिभ

काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ ।

बेलायतबाट फर्केर काठमाडौंमा बसेका  उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।

उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये हजुरआमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments