काठमाडौँ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।…
बैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
काठमाडौं : सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो। समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…
नेपाल र नेपालीलाई जोगाउन हरसम्भव सघाउँछौं : काँग्रेस
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले…
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हाल्नु भएको छ । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो…
सङ्कटका काला बादल हटेर जानेछन्ः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको…
औँठी–आइफोन हातमाः राहतको लाममा
भक्तपुर : लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस्…
कोरोना संक्रमण रोकथामका लागि मन्त्रीहरुलाई जिम्मेवारी
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिइएको छ । सोअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता…
अब बैशाख ३ सम्म मुलुक लकडाउनमा
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक साता लम्ब्याउने निर्णय गरेको…
लकडाउन फेरि एक साता लम्बिने
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाउने भएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । आइतबार साँझ बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम…
बाघमा पनि देखियो कोरोना संक्रमण
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जनावरमा पनि देखिएको छ । यसअघि मानिसबाट मानिसमा मात्रै सर्दै आएको भनिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो पटक एक बाघमा पनि देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको चार…
खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभ : १५ सयको परीक्षण, ११३ को उपचार
भक्तपुर : स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । यही…
स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने
काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सिधै सरकारले गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकारले…
कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम
धनगढी : चिकित्सकले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताएका छन्। भारतबाट नेपाल भित्रिएका नेपालीमा पनि कोरोनाको संक्रमण देखिनु र तेस्रो मुलकबाटै संक्रमित भएर आएका व्यक्तिले परिवारलाई सारेको पुष्टि भएपछि जोखिम बढेको चिकित्सकले बताएका हुन्। शनिबार मात्रै भारतटबाट फर्केर कञ्चनपुरको बेदकोट…
कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु (अपडेट)
जेनेभा : श्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट…
मन्त्रिपरिषद् बैठक : लकडाउनमा थप कडाइ
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले एक प्रदेशबाट…
आन्दोलनमा सहभागी थिए २१ वर्षीय संक्रमित
धनगढी : शनिबार कोरोना संक्रमण देखिएका तीन जनामध्ये कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवक आन्दोलनमा सरिक भई प्रहरीलाई ढुंगामुढा गर्नेमध्येको एक भएको जनाइएको छ । चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेका उनी लकडाउनका बेला सीमामा…
थप तीन जनामा कोरोना सङ्क्रमण
काठमाडौ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा…
