काठमाडौं : काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसीटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ।
केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनैजना नेपाली बेलायतबाट आएको खुलेको छ। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट उनीहरुलाई पाटन अस्पताल ल्याइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। परिसरका अनुसार एक जना ८१ वर्षका वृद्धसहित ५६ र ५८ वर्षकाहरु अस्पताल भर्ना भएका हुन्। उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए।
स्रोतका अनुसार तीनै जनाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको आशंकामा उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको खुलेको छ।