अस्ताए सेते दाइ

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङ (सेते दाइ) को आइतबार राति निधन भएको छ । मिगौला रोगबाट पीडित तामाङको उपचारका क्रममा निधन भएको हो ।
मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । क्यानले उहाँको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज एनसीएसएसले ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो । यस क्रममा तामाङलाई रु ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो ।

यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ सीप्यानले समेत रु एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आउनुभएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments