कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

काठमाडौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत सो कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘कोषमा एक लाख दिने घोषणा गर्दछु । यस्तो संकटका बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न’, उनले ट्विट गर्दै भनेका छन् । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहनसमेत आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए ।
विभिन्न राष्ट्रमा सञ्चालन हुँदै आएको फेन्चाइज लिगमा व्यस्त रहँदै आएका सन्दीपले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । उनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई पनि आर्थिक सहयोग गरेका थिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments