काठमाडौं : नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए ।
बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका ३० जना खेलाडी पनि सहभागी भएका थिए । समाजमा आश्रित बालबालिकालाई संघले विगत तीन वर्षदेखि निशुल्क प्रशिक्षण गराउँदै आएको छ ।

जुनियर खेलाडीहरुको ग्रेडिङ संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापा, विशाल खड्का, गोमा तामाङलगायतले लिएका थिए । ग्रेडिङमा सोफिला तामाङले डबल प्रमोसन पाएकी थिइन् । उनी सेतो पेटीबाट नीलो पेटीमा प्रमोसन भएकी छन् ।
कार्यक्रममा देवीथान टोल सुधार समितिका सचिव तथा समाजसेवी बुद्ध तामाङ, संघका कोषाध्यक्ष मञ्जु आचार्य, दामोदर पाण्डे, पार्वती थापालगायतको उपस्थिति रहेको थियो ।

नेपालमाला
