अन्तर्राष्ट्रिय Archives | Page 29 of 36 | नेपालमाला

 

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान  : कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुनुहुन्थ्यो । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा…

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको बजेट रोक्ने ट्रम्पको चेतावनी

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । ह्वाइट हाउसमा आयोजित नियमित…

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो (अपडेट)

जेनेभा :  विश्व महामारी कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ८२ हजार ८० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि…

कोरोनाबाट विश्वभरी ७४ हजार ८२० को मृत्यु

जेनेभा  : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको…

जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेज

टोकियो : जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गर्नु भएको छ । “जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको…

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनपछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरूलाई सोमबार निर्देशन दिनुभएको हो । कोरोना भाइरसको सङ्क्रमणका…

जापानका विभिन्न सहरमा संकटकाल घोषणा

टोकियो : जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशका केही मुख्य सहरमा संकटकाल लगाउने प्रस्ताव गरेका छन् । कोरोना भाइरसको संक्रमणका घटना लगातार बढ्न थालेपछि प्रधानमन्त्री आबेले थप क्षति हुन नदिन संकटकाल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय…

कोरोना कहर : ६९ हजार ५०२  ले ज्यान गुमाइसके

जेनेभा  : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ…

बाघमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जनावरमा पनि देखिएको छ । यसअघि मानिसबाट मानिसमा मात्रै सर्दै आएको भनिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो पटक एक बाघमा पनि देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको चार…

अमेरिकामा एकै दिन चार नेपालीको निधन

वाशिङटन डिसी : अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन…

 अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ  : ट्रम्प

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताउनु भएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै…

कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु (अपडेट)   

जेनेभा : श्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट…

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल…

कोरोनाबाट मर्नेको संख्या ५३ हजार २३८ पुग्यो

जेनेभा  : कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।…

कोरोनाभाइरसबाट निको भएकी युवती भन्छिन् “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”    

न्यूयोर्क : रोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो…

भारतमा घरेलु हिंसाका घटना ह्वात्तै बढ्यो

नयाँदिल्ली : कोरोना भाइरसको महामारीका कारण अहिले पुरै भारत ‘लकडाउन’मा छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । दुई हजार तीन सयभन्दा बढी यस भाइरसबाट संत्रमित भएका छन् । २१ दिने लकडाउनका कारण सबै घरभित्रै…

इजरायलका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण 

तेल अभिभ : इजरायलका स्वास्थ्य मन्त्री र उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहनु भएको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान…